अपांगलाई स्मार्ट कार्ड दिने देशमै पहिलो पालिका खजुरा: अध्यक्ष तुफान

  ।   २०८१ मंसिर १८, मंगलवार १८:५३

सबिता चन्द
बाँके । आवासको सुविधा नभएर आफ्नो पठनपाठनमा अवरोध भएको ३३औं अन्तर्राष्ट्रिय दिवसको एक कार्यक्रममा अपांग विद्यार्थीले बताउनु भयो । मंगलबार खजुरा बजारको रेडक्रस कार्यालयको हलमा आयोजित अपांग दिवसको अन्तरक्रिया कार्यक्रममा अपांगहरुले आफ्ना पीडा सुनाउनु भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि खजुरा गाउपालिकाका अध्यक्ष डम्बर बहादुर बिक ( तुफान) ले व्यानर पढेर उद्घाटन गरे लगत्तै सहभागी अपांगहरुले आफ्ना ब्यथा सुनाउनु भएको थियो । पालिकाका अध्यक्ष र उपाध्यक्षलाई अभिभावकका रुपमा ग्रहण गर्दै अपांगहरुले आफ्नो ब्यथा सुनाएको सहभागी तुल्सी गुरुङले बताउनु भयो । अपांगका गुनासा टिप्दै अध्यक्ष तुफानले खजुरा गाउपालिका अपांग मैत्री भएको बताउनु भयो । अध्यक्ष तुफानले भनुभयो,´ तपाइहरुले आफ्नो जीवनमा भोगेको कुरा राख्नु भएको छ । त्यसमा हामी पुर्णतः सहमत छौ । हामी समाजको विभेद अन्त गर्न तयार छौ । खजुरा गाउपालिकाले देशमै सबैभन्दा पहिले स्मार्ट कार्ड वितरण गरेका हो ।` उहाँले थप्नु भयो, ´अपांगहरुलाई लक्षित गर्दै प्रत्येकको घर-घर मै पुगेर स्वस्थ्य चेकजाँच गर्ने व्यवस्था गरेका छौँ । तपाइहरुको स्वस्थ्यप्रति हामी सचेत छौँ । स्वस्थ्य विमाको व्यवस्था पनि गरेका छौँ । खजुरामा भएका सबै अपांगहरुका लागि साधन उपलब्ध गराएका छौँ ।`

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय सदस्य डाक्टर डक्टप्रसाद धितालले अन्तर-आत्मादेखि हौसला बढाउन सके अपांगले धेरै गर्न सक्ने बताउनु भयो  ।  कार्यक्रममा खजुरा इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज पुर्णबहादुर केसी लगायतका वक्ताहरूले आफ्ना विचारहरु राख्नुभयो । कार्यक्रमको अध्यक्षता खजुरा गाउपालिकाका उपाध्यक्ष मन्जु मल्लले गर्नुभएको थियो ।

Next Post

बर्दिया बढैयातालको एउटा वडा वालविवाहमुक्त वडा घोषणा

२०८१ मंसिर १८, मंगलवार १८:५३
नेपालगन्ज । बर्दियामा सञ्चालन गरिएको बालविवाह विरुद्धको अभियान अन्तर्गत बढैयाताल गाउँपालिकाको वडा नम्बर ८ लाई औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको छ । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको अथक प्रयास र संयुक्त सहकार्यबाट यो उपलब्धि सम्भव भएको वडा नम्बर ८ का अध्यक्ष तेजनाथ पौडेलले बताउनुभयो । […]