काठमाण्डौ उपत्यकामा ५० वर्षभन्दा माथिकालाई भेरोसेल खोप लगाइँदै

  ।   २०७८ श्रावण १४, बिहीबार ०७:०७

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आजदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदै छ ।

स्वास्थ्य सेवा विभागका अनुसार यसअघि छुटेका ५० वर्षमाथिका नागरिक, प्राध्यापक, शिक्षक, चालक र सहचालक तथा अत्यावश्यक सेवामा काम गर्नेहरुलार्ई पहिलो मात्राको खोप लगाइनेछ ।

काठमाण्डौ महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको छ । अत्यावश्यक सेवाका व्यक्तिको हकमा राधास्वामी आइसोलेशन सेन्टर सामाखुसी, वीर अस्पताल, निजामती अस्पताल, शिक्षण अस्पताल महारागञ्ज र टेकु अस्पतालमा खोप कार्यक्रम सञ्चालन हुनेछ।

खोप लगाउन आवश्यक पर्ने नागरिकता लगायत परिचय खुल्ने प्रमाणपत्रसहित बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको केन्द्रमा जान सकिने महानगरपालिकाले जनाएको छ । -उज्यालो अनलाइन

Next Post

सत्ता गठबन्धनको बैठक बस्दै, आजै मन्त्रिमण्डल विस्तारको तयारी

२०७८ श्रावण १४, बिहीबार ०७:०७
काठमाडौं । सत्तारुढ गठबन्धनमा सहभागी शीर्ष नेताको बैठक आज पनि बस्ने भएको छ। बैठक आज विहान साढै आठ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेपाली कांग्रेसका नेता पुर्णबहादुर खड्काले जानकारी दिनुभयो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल समूह), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठक […]