तुलसीपुर (दाङ ) । ईलाका प्रहरी कार्यालय तुलसीपुरको प्रमुखको रुपमा आएका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले आईतबार बिहान तुलसीपुर उद्योग बाणिज्यका पदाधिकारीहरुसँग भेटघाट गर्नुभएको छ । सो अवसरमा उहाँले तुलसीपुरको शान्ति सुरक्षा कायम गर्नुका साथै यस क्षेत्रमा हुने अपराधिक क्रियाकलापलाई न्यूनिकरण गर्ने बताउनु भएको छ । डिएसपी अर्यालले निजि क्षेत्र, पत्रकार, राजनितिक दल, नागरिक समाज लगायत सबै क्षेत्रहरुसगं समन्वय र सहकार्य गर्दै अगाडी बढ्ने बताउनु भएको थियो ।
परिचयात्मक कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेले यस क्षेत्रका आम नागरिक र व्यवसायिक सुरक्षा प्रति चासो दिन आग्रह गर्नुभएको थियो । अध्यक्ष चालिसेले सुरक्षाकर्मी र व्यवसायी बिचको सम्बन्ध सुमधुर रहिरहन दुबै पक्षबाट सहकार्य आवश्यक रहेको बताउनुभयो । चोरी, डकैती, लुटपाट, हत्या, बलत्कार जस्ता बिगतका घटनाहरुबाट पाठ सिक्दै सुरक्षा योजना बनाउन समेत इलाका प्रहरी कार्यालयलाई सुझाब दिनुभएको थियो ।
त्यस्तै तुलसीपर उद्योग वाणिज्य संघका पुर्ब अध्यक्ष बिमल रिजाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले बोलीमा मात्रै नभएर फिल्डमा पनि नागरिक मैत्री व्यवहार गर्न सुझाब दिनुभएको थियो । साथै कार्यक्रममा निवर्तमान अध्यक्ष विरु रावत, बाणिज्य सघंका सल्लाहकार अनुप कुमार श्रेष्ठ, मिनराज वली, वरिष्ठ उपाध्यक्ष मिनराज भण्डारी, उपाध्यक्ष ललितजंग शाह लगाएतले व्यवसायीहरुको तर्फबाट सुझाब दिएको महासचिव बिनिल केसीले जानकारी दिनुभयो ।
यसैबिच, तुलसीपर उद्योग वाणिज्य संघले आज एक कार्यक्रमका बिच ईलाका प्रहरी कार्यालय तुलसीपुरको प्रमुखको रुपमा आएका प्रहरी नायब उपरीक्षक श्यामु अर्याललाई सभाकक्षमा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
सघंका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले ब्यबसायिहरुलाई ढुक्क भएर आ-आफ्नो ब्यबसाय सन्चालन गर्न अनुरोध गर्नुभएको छ ।
ब्यबसायिक सुरक्षा प्रदान गर्न आफु र आफ्नो टिम सक्रिय रहेको भन्दै ब्यबसायि र सुरक्षाकर्मि बिच नङ्ग र मासुको सम्बन्ध स्थापित गर्दै जाने प्रतिबद्दता ब्यक्त गर्नुभयो । सो अबसरमा मानार्थ सदस्य पुर्णचन्द्र धिताल, कार्यसमिति सदस्य मोहन भण्डारि,प्रेस सल्लाहकार शरद रेग्मी लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारि ले स्वागत र उपाध्यक्ष ललितजगं शाहले धन्यबाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण महासचिब बिनिल केसिले गर्नुभएको थियो ।