प्रेस सेन्टर बाँकेको प्रशिक्षणमा लुम्बिनी प्रदेश मन्त्री नमूनाको सम्बोधन

  ।   २०७९ चैत्र ७, मंगलवार २०:०९

नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी (नमुना)ले पार्टीको बिचार आम जनतामाझ पुर्‍याउने माध्यम पार्टी सम्बद्ध पत्रकार र मिडिया भएको बताउनु भएको छ ।

माओवादी निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल, बाँके शाखाले मंगलबार कोहलपुरमा आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण तथा वनभोज कार्यक्रममा मन्त्री नमुनाले यस्तो बताउनु भएको हो ।                      ‘तपाईंहरु प्रेस सेन्टरका तर्फबाट कलम समाएर अगाडी बढिरहनु भएका पार्टीका सिपाही हुनुहुन्छ, पार्टीसङ्ग जोडिएर संगठन निर्माण गर्नुस्, मिडियाको भुमिका अत्यन्तै महत्वपूर्ण छ । पार्टीको भिजन र बिचारलाई आम जनतामाझ पुर्‍याएर जनतालाई सुसूचित बनाउदै अगाडी बढ्नुस ।’ मन्त्री नमुनाले भन्नुभयो ‘तपाइँको कलममा शक्ति छ । कलमबाट संसार बदल्न सकिन्छ । पार्टीको हिँजोको इतिहास जोगाउने, बचाउने र मिडिया क्षेत्रमा प्रवेश गरेका नयाँ पिढीलाई त्यो इतिहास बुझाउने जिम्मा पनि तपाइँको काधमा छ ।’

मन्त्री नमुनाले अर्को एक प्रसङ्गमा पार्टी भित्र केही समस्याहरू देखिएको र ती समस्या हल गर्न आफुबाटै पहल गर्नुपर्ने बताउनु भयो । ‘अहिले पछिल्लो समयमा पार्टीभित्र केही कमजोरी र समस्याहरू देखिएका छन, पार्टीमा १८ देखि ४० बर्ष उमेर समुहका युवाहरुको उपस्थिति एकदमै कम छ । पार्टीमा बाहिरबाट अरु कोही नयाँ आउन चाह्यो भने आउन नदिने, यहाँ आएर उ अगाडि बढ्छ र आफु पछि पर्छु कि भन्ने गलत सोच छ, यसलाई सुधार्नु पर्छ, प्रत्येक नेताले आफुबाटै सुध्रिन पहल गर्नुपर्छ । उनले भनिन् ‘ युवा समुहका नयाँ कार्यकर्ता उत्पादनमा जोड दिनुपर्छ ।’

मन्त्री नमुनाले देशमा आएका सबै परिवर्तन माओवादीको एजेन्डाबाटै भएको भन्दै ती एजेन्डालाई जनतामाझ स्थापित गराउनका निमित्त पत्रकारहरु लाग्नु पर्ने बताइन् ।

कार्यक्रमलाई माओवादी केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र न्यौपाने, प्रेस सेन्टरका केन्द्रिय निति तथा परामर्श समिति सदस्य सुशील लामिछाने, माओवादी जिल्ला संयोजक नरेन्द्र पाण्डे (जेम्स), प्रेस सेन्टर लुम्बिनी उपाध्यक्ष प्रदिप वाग्ले, माओवादीका प्रदेश समिति सदस्य दिपक मल्ल र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का लुम्बिनी प्रदेश अध्यक्ष एवं प्रेस सेन्टर लुम्बिनी प्रदेश सचिब गजेन्द्र गुरुङले सम्बोधन गर्नुभएको थियो ।                       प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्यको अध्यक्षता, उपाध्यक्ष सङ्गिन शर्माको स्वागत र सचिब केपी घिमिरेको संचालनमा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्लाका विभिन्न पालिकाबाट प्रेस सेन्टर सम्बद्धहरुको उपस्थिति रहेको थियो ।

Next Post

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो

२०७९ चैत्र ७, मंगलवार २०:०९
संवाददाता, नेपालगंज । नेपालको १२ औँ राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज काठमाडौंमा आयोजित कार्यक्रममा जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्नुभएको हो । सार्वजनिक अन्तिम नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमा पुरुष १ […]