नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो

  ।   २०७९ चैत्र १०, शुक्रबार १७:१७

संवाददाता, नेपालगंज

नेपालको १२ औँ राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज काठमाडौंमा आयोजित कार्यक्रममा जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्नुभएको हो ।

सार्वजनिक अन्तिम नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ जना र महिला १ करोड ४९ लाख ११ हजार २७ छन ।

जनगणनाअनुसार सबैभन्दा बढी जनसंख्या बागमती प्रदेशमा रहेको छ । बागमतीमा कुल जनसंख्याको २०.९७ प्रतिशत अर्थात ६१ लाख २० हजार जनसंख्या रहेको छ । त्यसपछि मधेश प्रदेशमा ६१ लाख १० हजार जनसंख्या रहेको छ ।

सबैभन्दा कम जनसंख्या भने कर्णालीमा रहेको छ । कर्णालीमा कुल जनसंख्याको ५.७९ प्रतिशत जनसंख्या छ । सबैभन्दा बढी जनसंख्या वृद्धि भक्तपुरमा भएको छ । रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ ।

जिल्लागत रूपमा सबैभन्दा धेरै काठमाडौँमा २० लाख ४१ हजार ५८७ जनसंख्या छ । सबैभन्दा कम मनाङमा ५ हजार ६८५ जनाको बसोबास छ ।

यस्तै तराईको जनसंख्या १ करोड ५६ लाख ३४ हजार ६, पहाडको १ करोड १७ लाख ५७ हजार ६२४ र हिमाली क्षेत्रको १७ लाख ७२ हजार ९४८ जना रहेको छ ।

केन्द्रीय तथ्यांक विभागले २०७८ कात्तिक २५ देखि मंसिर ९ सम्म जनगणना गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमा सार्वजनिक गरिएको थियो ।

सार्वजनिक नतिजा हेर्नुहोस

उकालो डटकमबाट

Next Post

साता ब्यापी वित्तीय साक्षरता सञ्चालन गर्दै एनआईसी एशिया लघुवित्त

२०७९ चैत्र १०, शुक्रबार १७:१७
संवाददाता, बर्दिया । बैंक तथा वित्तिय संस्थाहरुको विश्वसनियता माथि प्रश्न उब्जि रहेका बेला एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमीटेडले भने वित्तीय साक्षरता शुरु गरेको छ । Global Money Week (GMW) को अवसर पारेर बर्दियामा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमीटेडले वित्तीय साक्षरता शुरु गरेको हो । गुलरिया शाखाका प्रबन्धक सामना खनालका […]