प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघको पहिलो हप्तामा हुने

  ।   २०७७ पुष १७, शुक्रबार ०७:५१

काठमाण्डौ । प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता माघको पहिलो हप्तामा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने खेल काठमाण्डौको कीर्तिपुर र मुलपानी मैदानमा हुनेछ ।

प्रतियोगिताको मिति केही दिनमा क्यानले सार्वजनिक गर्ने जनाएको छ । यसअघि पुषको ११ गतेदेखि हुने भनिएको प्रतियोगिता अन्तिम समयमा सारिएको थियो । महिला र पुरुषको प्रतियोगिता एकैसाथ हुने भएकाले क्यानले पुरुषको प्रतियोगिता तीन हप्ताका लागि सारेको थियो ।

राष्ट्रिय खेलकुद परिषद्को प्रायोजन र क्यानको आयोजनामा हुने प्रतियोगितामा तीन विभागीयसहित १० टिमको सहभागिता रहनेछ । यसअघिका दुई संस्करणमा प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ पाउँदै आएकोमा यो पटक विजेता र उप(विजेताले कति रकम पाउँछन भन्ने क्यानले खुलाएको छैन ।

Next Post

एक महिनाभित्र उखु किसानलाई भुक्तानी दिन सर्वोच्चको आदेश

२०७७ पुष १७, शुक्रबार ०७:५१
काठमाण्डौ । सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र क्रेता वा उद्योगबाट भुक्तानी दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई तिर्नुपर्ने रकम क्रेता वा उद्योगबाट दिनु भनी अन्तरिम आदेश जारी गरेको हो । ुआफूले बेचेको समानको मूल्य पाउने कुरा […]