आज राति वाग्मती र प्रदेश- १ का एक/दुई ठाउँमा ठूलो पानी पर्ने

  ।   २०७८ श्रावण २४, आईतवार ०७:४१

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा बिहान हल्का पानी परे पनि अहिले रोकिएको छ ।

प्रदेश– १, गण्डकी र लुम्बिनीका केही ठाउँमा भने अहिले पनि हल्कादेखि मध्यमखालको वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् मञ्जु बासीका अनुसार देशका धेरै ठाउँमा आज हल्कादेखि मध्यम खालको वर्षाको अनुमान छ ।

दिउँसोको समयमा ठूलो वर्षाको सम्भावना नभए पनि राति भने केही ठाउँमा ठूलो पानी पर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार राति प्रदेश– १ र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । यस्तै, आउँदो मङ्गलवारदेखि भने मनसुन थप सक्रिय हुने सङ्केत देखिएकाले देशका धेरै ठाउँमा नै ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

Next Post

कालीकोटमा निषेधाज्ञाको अवधि १० दिन लम्बियो

२०७८ श्रावण २४, आईतवार ०७:४१
कालीकोट । कालीकोटमा जारी निषेधाज्ञाको अवधि १० दिन लम्बिएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवीन्द्रप्रसाद श्रेष्ठले जिल्लाभरि भदौ १ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन भएको छैन । कोरोना महामारीको दोस्रो लहरसँगै लागू गरिएको निषेधाज्ञा पटकपटक थप […]