दाहाल–नेपालको स्थायी कमिटि बैठक बस्दै

  ।   २०७७ फाल्गुन २४, सोमबार ०८:०२
दाहाल–नेपालको स्थायी कमिटि बैठक बस्दै

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि राजनीतिक संकट गहिरिएको बेला नेकपाको दाहाल नेपाल समुहको स्थायी कमिटि बैठक आज बस्दैछ ।

विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज दिउँसो ११ बजे स्थायी कमिटिको बैठक डाकिएको पार्टी प्रवक्ता नारयणकाजी श्रेष्ठले जानकारी दिनुभयो । आजको बैठकपछि भावी रणनीति तय गरिने श्रेष्ठको भनाई छ ।

यो समुहले नेकपा नामको आधिकारिकताबारे सर्वोच्च अदालतले गरेको फैसला उपर पुनरावलोकन गर्ने बताईसकेको छ ।

सर्वोच्च अदालतले रिट निवेदकको मागदावी भन्दा बाहिर गएर असम्बन्धित विषयमा निर्णय दिएको आरोप समेत उसको छ ।

सर्वोच्चको फैसला राजनीतिक आग्रह प्रेरित, अस्वभाविक एवं कानूनी रुपले समेत गलत रहेकोले आफुहरुको गम्भीर असहमति रहेको दाहाल नेपाल समुहको प्रतिक्रिया छ ।

Next Post

शहरका साक्षरता कक्षा

२०७७ फाल्गुन २४, सोमबार ०८:०२
प्रेरणा गिरी, नेपालगंज। विकसित र शिक्षा, स्वास्थ्य, रोजगारीको हब मानिने बाँकेको नेपालगंज क्षेत्रमा पनि निक्षर ब्यक्तिहरु छन । यस्ता निक्षर ब्यक्तिहरुलाई साक्षर बनाउन सामुदायिक सिकाइ केन्द्रले दुई महिने साक्षता कक्षा संञ्चालन गरेको छ । नेपालगंज उपमहानगरपालिका वडा नम्बर १ को शान्ति टोलमा शुरु भएको साक्षरता कक्षामा आउनेलाई किताब, कापी, कलम […]

सम्बन्धित शीर्षक