गगन जि को दायित्व पार्टी बनाउने हो, न कि प्रधानमन्त्री : नेता राठोर

  ।   २०७९ मंसिर १२, सोमबार १८:४१

कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले महामन्त्री गगन थापाको दायित्व पार्टी बनाउने हो न कि प्रधानमन्त्री बन्ने हो । उहाँले पहिला पार्टी बनाउनु पर्छ अनि अर्को ५ बर्षमा प्रधानमन्त्री  दाबी गर्न उपयुक्त हुने बताउनु भयो ।

प्रतिनिधिसभा बाँके क्षेत्र नं. ३ बाट विजयी भएपछि पहिलो पटक पत्रकार सम्मेलनमा बोल्दै नेता राठौरले पार्टी र सत्तागठबन्धन दल वीच छलफल नै नगरि प्रधानमन्त्रीको दाबी गर्दै हिड्नु असान्दर्भिक हुने कुरामा जोडदिनु भयो ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘महामन्त्रीद्वय जस्तै म पनि यूवा हुँ । अझ उहाँहरुभन्दा म सिनियर पनि हुँ । निर्वाचनको मत परिणाम नआउँदै प्रधानमन्त्रीको दावी गर्दै हिड्नु सुहाउँदैन । यो सरासर गलत छ।’

उहाँले यूवालाई नै प्रधानमन्त्री बनाउने भए पनि पार्टीमा छलफल र बहस चलाउनु पर्ने धारणा राख्नु भयो । पार्टीमा छलफल नगरि प्रधानमन्त्रीको दाबी गर्ने कार्य अनुशासन भित्र नपर्ने उहाँको भनाइ थियो ।

‘महामन्त्रीद्वय थापा र शर्मा जीलाई कांग्रेसले पार्टी बनाउने जिम्मेवारी सुम्पेको छ। पहिले उहाँहरुले पार्टीलाई राम्रो बनाएर देखाउनु पर्यो। अनिमात्र हामीले उहाँहरुलाई विश्वास गर्ने ठाउँ रहन्छ,’ उहाँले भन्नुभयो,  ‘सिनियरलाई पाखा लगाएर जुनियरले दावी गर्न सुहाउँदैन। प्रधानमन्त्रीका लागि म पनि सक्षम छु, तर अहिले नै दाबी गर्ने पक्षमा म छैन। उहाँहरुले दाबी गरे पनि पछि हट्ने कुरा आउँदैन।’

सहमहामन्त्री राठौरले संविधान रक्षा र अधिकार स्थापित गर्न गठबन्धन आवश्यक रहेको औँल्याए। उहाँले सत्ता प्राप्तिका लागि कांग्रेसले गठबन्धन नगरेको जिकिर गर्नुभयो ।

‘सत्तामा जाने प्रमुख विषय अहिले होइन, अहिले संविधानको रक्षा गर्दै प्राप्त उपलब्धीलाई संस्थागत गर्ने बेला हो। संविधानको रक्षा र प्राप्त उपलब्धीको रक्षाका लागि गठबन्धन आवश्यक छ,’ राठौरले भने।

उहाँले सिक्टा सिँचाई आयोजना र भेरी डाइभर्सन आयोजना पूरा गर्न पहल गर्ने बताउनु भयो । एमालेका कारण सिक्टा सिँचाई र भेरी डाइभर्सनको आयोजना पूरा हुन नसकेको उहाँको दावी थियो ।

नवनिर्वाचित सांसद राठौरले आफू पद, पावर र पैँसाका लागि राजनीति नगरेको स्पष्ट पार्नु भयो । ‘काठ्माडौँमा घर, घडेरी र गाडी किन्नका लागि राजनीति गरेका होइन। राष्ट्र र राष्ट्रियताका लागि राजनीतिमा होमिएको हुँ,’ उहाँले भन्नुभयो ।

Next Post

चुनाव सकिए लग्तै काममा लाग्यो राष्ट्रिय भुमि आयोग बाँके

२०७९ मंसिर १२, सोमबार १८:४१
संवाददाता, नेपालगंज । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सकिए लग्तै राष्ट्रिय भुमि आयोग बाँकेले आफनो कामकारबाहीलाई अगाडी बढाएको छ । दलित भुमिहिन तथा सुकुम्बासी र अब्यवस्थित बसोबासीहरुलाई जग्गा धनी प्रमाण पत्र उपलब्ध गराउने कार्यमा बाँकेका ६ वटा पालिकाले साथ दिईरहेका छन । त्यसैक्रममा नेपालगंज उपमहानगरपालिका वडा नम्बर २० मा पनि जग्गा […]