निता शाह
नेपालगंज ।
बर्दिया जिल्लामा सार्वजनिक सवारी साधनहरु बिहान ६ बजे देखि साँझ ७ बजेसम्म मात्र संचालन गर्ने सहमति भएको छ ।
आज जिल्ला प्रशासन कार्यालय बर्दिया जारी गरेको सूचना अनुसार सरोकारवाला सम्मिलित एक संयुक्त अध्ययन कार्यदलले पेश गरेको प्रतिवेदन अनुसार यस्तो निर्णय गरिएको हो ।
नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सर्तहरु पालन गरेर मात्र सार्वजनिक यातायात संञ्चालन गर्नुपर्नेछ । अनिवार्य मास्क, भाइजर र पन्जाको प्रयोग, स्यानीटाइज लगायतका शर्तहरु राखिएको छ ।
अटेर गरेमा सार्वजनिक सवारी साधनलाई संक्रामक रोग ऐन, २०२०, स्थानीय प्रशासन ऐन, २०२८ र कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारबाही गरिने जनाईएको छ ।
जारी सूचना यस्तो छ, हेर्नुहोस ।