हैटीका राष्ट्रपति जोभेनल मोइसेको हत्या

  ।   २०७८ असार २३, बुधबार १६:५७

संवाददाता ।
हैटीका राष्ट्रपति जोभेनल मोइसेको हत्या भएको छ । राष्ट्रपति मोइसेको घरमै हत्या भएको बीबीसीले जनाएको छ ।

केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको प्रधानमन्त्री क्लाउडे जोसेफको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । हत्या कसले ग¥यो भन्ने खुलिसकेको छैन ।

राष्ट्रपति मोइसेकी श्रीमती घाइते हुनुभएको छ । मोइसे सन् २०१७ मा हैटीको राष्ट्रपति बन्नुभएको थियो ।

उज्यालो अनलाइनबाट

Next Post

अटोमेटिक पेस्तोल सहित एक जना पक्राउ

२०७८ असार २३, बुधबार १६:५७
संवाददाता, नेपालगंज । अटोमेटिक पेस्तोल १ थान सहित बाँके प्रहरीले आज ३१ बर्षिय अजिज अहमद शेषलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उनी नेपालगंज उप–महानगरपालिका वडा नम्बर १२ घर भई हाल वडा नम्बर २१ पुरैनामा बसीरहेका थिए । अजिजले चलाई रहेको निलो रंगको जेन्स एटलस साईकल पुरैना बाट राँझा तर्फ जादै […]