संक्रमण पुनः फैलिएपछि चीनको वुहानमा पूरै जनसङ्ख्यामा कोरोना परीक्षण गरिँदै

  ।   २०७८ श्रावण २०, बुधबार ०७:३५


बीबीसी । चिनियाँ सहर वुहानको आधिकारिक निकायले सहरभरका सम्पूर्ण नागरिकको कोरोना परीक्षण गराउने भएका छन् । स्थानीय स्तरमा कोरोनाबाट संक्रमित भइरहेको पत्ता लागेपछि यस्तो गर्न लागिएको हो ।

एक वर्षमा पहिलोपटक त्यहाँ स्थानीय रुपमा ७ नयाँ संक्रमित फेला परेका छन् । १ करोड १० लाख जनसङ्ख्या बसोबास गर्ने वुहान सहरमा २०१९ मा कोरोना भाइरस सबैभन्दा पहिले देखा परेको थियो ।

कोरोनाबाट लगभग मुक्त भइ साधारण जनजीवनमा फर्किसकेको चीनमा पछिल्ला केही दिन संक्रमण दर एक्कासी बढेको छ । दश दिनमा त्यहाँ ३०० नयाँ संक्रमित भेटिएका छन् । आधिकारिक निकायहरुले अति संक्रमक मानिएको डेल्टा भेरियेन्टका कारण र स्थानीय पर्यटनको सिजन भएकाले नै भाइरस तिव्र रुपमा फैलिरहेको बताएका छन् ।

मंगलबार मात्र चीनभरबाट ९० नयाँ कोरोना बिरामी फेला पारिएको छ । राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार ती मध्ये ६१ स्थानीय स्तरमा संक्रमित भएको पाइएको छ । यस अगाडिसम्म चीनलाई कोरोना नियन्त्रणमा विश्वकै अब्बल मुलुक मध्येको एक मानिँदै आएको थियो । सीमा क्षेत्रमा पनि चीनले प्रभावकारी रुपमा कोरोना नियन्त्रण गर्न सफल भएको देखिन्छ । तर केही समय अघि नानजिङस्थित एक अति व्यस्त विमानस्थलमा एकजना कर्मचारी संक्रमित भएको पाइएपछि चिन्ता बढेको हो । यसरी सरकारले नानजिङका ९२ लाख वासिन्दाहरुको तीनपटक परीक्षण गराइसकेको छ र त्यहाँका लाखौँ मानिसलाई लकडाउनमा समेत राखेको छ ।

यो नयाँ संक्रमणको प्रकोप राजधानी बेइजिङसम्म पनि पुगिसकेको छ जहाँ स्थानीय संक्रमणबारे लगातार खबर आइरहेका छन् ।

Next Post

नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व

२०७८ श्रावण २०, बुधबार ०७:३५
लन्डन । बेलायतमा कार्यरत नेपाली चिकित्सकहरूको संस्था नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको सोमबार सम्पन्न ३६औँ वार्षिक साधारणसभाले डा। कमल अर्याललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा डा सञ्जीव नेपाली, महासचिवमा डा. पारस सिंह, सहसचिवमा डा. रेखा श्रेष्ठ र कोषाध्यक्षमा डा. प्रज्वल घिमिरे […]