नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व

  ।   २०७८ श्रावण २०, बुधबार ०७:३७


लन्डन । बेलायतमा कार्यरत नेपाली चिकित्सकहरूको संस्था नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको सोमबार सम्पन्न ३६औँ वार्षिक साधारणसभाले डा। कमल अर्याललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

समितिको उपाध्यक्षमा डा सञ्जीव नेपाली, महासचिवमा डा. पारस सिंह, सहसचिवमा डा. रेखा श्रेष्ठ र कोषाध्यक्षमा डा. प्रज्वल घिमिरे चयन हुनुभएको छ ।

साधारणसभामा प्राध्यापक जोन डिनोल, डा. स्टिभ पाण्डे, प्रा पालेश्वान लाखे र डा. थोमस मार्जेट उपस्थित रहेको एसोसिएशनले जानकारी दिएको छ । रासस

Next Post

टोकियोमा आज १७ स्वर्ण पदकको भिडन्त, ३२ स्वर्णसहित चीनको अग्रता कायमै

२०७८ श्रावण २०, बुधबार ०७:३७
एजेन्सी । टोकियो ओलम्पिकको १२ औं दिन आज विभिन्न १० खेलका १७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सबैभन्दा बढी ५ वटा स्वर्ण पदकको भिडन्त छ । ३२ औं गृष्मकालिन ओलम्पिकमा अहिलेसम्म ३२ वटा स्वर्ण पदक जितेको चिन शिर्ष स्थानमा रहेको छ । २४ स्वर्णसहित अमेरिका दोस्रो स्थानमा […]

सम्बन्धित शीर्षक