बाढीमा बगेर ज्यान गुमाएका परिवारलाई दुई-दुई लाख रुपैंया राहत

  ।   २०७७ भाद्र २, मंगलवार १७:०३

कैलालीको भजनीमा बाढीमा बगेर ज्यान गुमाएका परिवारलाई संघीय सरकारले राहत उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत मृतकका परिवारलाई दुई-दुई लाख राहत रकम उपलब्ध गराइएको हो ।

भजनी नगरपालिकामा गत साउन १४ गते आएको बाढीमा परी ज्यान गुमाएका भजनी नगरपालिका–८ काढाँका ईश्वर शाह, चक्रबहादुर विक र स्केल चौधरीका परिवारलाई दुई-दुई लाखको चेक हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले बताउनुभयो ।

भजनीमा बाढीका कारण एक हजार ६ सय ७१ परिवार विस्थापित भएका छन । तीमध्ये केही घर फर्किए पनि अझै सयौँ परिवार हुलाकी राजमार्ग र सामुदायिक वनमा टहरा बनाएर बसिरहेका छन ।

पीडितले अझै बासस्थानमा फर्कन सक्ने अवस्था नभएकाले सरकारले उचित बासस्थानको व्यवस्था गरिदिनुपर्ने माग गर्न थालेका छन ।
-थाहा खबरबाट

Next Post

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न समस्या परेको गुनासोका कारण चार महिना म्याद थप्न प्रस्ताव

२०७७ भाद्र २, मंगलवार १७:०३
कोरोनाभाइरस महामारीमा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न समस्या परेको गुनासोका कारण चार महिना म्याद थप्न प्रस्ताव गरिएको छ । राष्ट्रिष परिचयपत्र तथा पञ्जिकरण विभागका अनुसार धेरै स्थानीय तहले नवीकरणको काम गर्न नसकिएको भनेर म्याद थपका लागि आग्रह गरेकोले त्यस्तो प्रस्ताव गृह मन्त्रालय पठाएको हो । देशभर झन्डै २९ लाख व्यक्तिलाई […]

सम्बन्धित शीर्षक