
काठमाडौं । आज देशका केही स्थानमा हल्का वर्षा र केही स्थानमा हल्का हिमपातको सम्भावना छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश नम्बर- १ र प्रदेश नम्बर- २ सहित देशका पहाडी भू–भागहरूमा सामान्य बदली छ । बाँकी स्थानहरूमा आंशिक बदली छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश- १, प्रदेश- २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ । यस्तै, प्रदेश- १, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रदेश- १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भू–भागहरूमा आंशिक बदली रहनेछ । प्रदेश- १, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । – बाह्रखरी





