कर्णाली प्रदेश सभाद्वारा निजामती कर्मचारी विधेयक सर्वसम्मत रुपमा पास

  ।   २०८० आश्विन २२, सोमबार १८:२६

नेपालगन्ज । कर्णाली प्रदेशसभाले निजामती कर्मचारी विधेयक सर्वसम्मत रूपले पारित गरेको छ । सोमवमर बसेको प्रदेशसभाको बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।

बैठकमा सरकारका तर्फबाट आन्तरीक मामिला तथा कानुन मन्त्रालय कृष्णबहादुर जिसीले कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम १२८ को उपनियम २ को खण्ड ‘क’ बमोजिम प्रदेश मामिला समितिको प्रतिवेदन सहितको विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नु भएको थियो ।सभामुख नन्दा गुरुङ्गले विधेयक पारित गरियोस्, भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेशसभाले सर्वसम्मत रूपमा विधेयक पारित गरेको हो । विधेयक पारित भएसँगै कर्णाली प्रदेशको आफ्नो छुट्टै कर्मचारी ऐन आएको छ ।सोमवार बसेको प्रदेशसभाको बैठकमा प्रदेश मामिला समितिका सभापति कल्यानी खड्काले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक पेश गर्नु भएको थियो ।प्रतिवेदनसहित तयार भएको विधेयकमा प्रदेश सरकारको प्रमुख सचिवको पद संघीय निजामती सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको निजामती कर्मचारी वा प्रदेश निजामती सेवाको तेह्रौं तहको वा सो सरहको रहने व्यवस्था छ ।

यसैगरी प्रमुख सचिवको पदावधि ३ वर्ष र सचिवको ५ वर्षको पदावधि रहनेछ। कुनै पनि कर्मचारी कार्यालय प्रमुखको जिम्मेवारीमा गए हाजिर हुनुभन्दा अगाडि ट्रेड युनियनको सदस्य पदबाट राजीनामा दिनुपर्ने व्यवस्था विधेयकमा गरिएको छ

Next Post

जुम्ला विमानस्थलमा हावाई इन्धनको डिपो

२०८० आश्विन २२, सोमबार १८:२६
नेपालगन्ज । जुम्ला विमानस्थलमा हवाई इन्धनकाे डिपाे स्थापना हुने भएकाे छ । चालु आवकाे नीति तथा कायर्यक्रममा उल्लेख भए अनुसार  जुम्ला विमानस्थलमा हवाई ईन्धनको डिपो राख्ने सहमति भएको हाे । यही असाेज २२ गतेखविमानस्थलबाट अन्य कर्णालीका जिल्लाहरूमा आन्तरिक उडानका लागि हवाई इन्धनकाे अभाव भएकाे भन्दै हवाई इन्धनकाे डिपाे स्थापना गर्न […]