बालबेचविखन नियन्त्रणकालागि सरोकारवालाको सामुहिक प्रतिवद्धता

  ।   २०८२ भाद्र ८, आईतवार १५:४५

नेपालगन्ज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत बर्दियाको राजापुर नगरपालिकामा बाल बेचबिखन विरुद्धको प्रभावकारी संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

बालबेचविखन नियन्त्रणको सवालमा सो अन्तरपुस्ता संवाद कार्यक्रम राजापुर नगरपालिका– वडा नं. ६ मा सम्पन्न गरिएको क्लबले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरीले यस्ता संवाद र चेतनामूलक कार्यक्रमले समुदायभित्र सचेतना अभिवृद्धि गर्न, सहकार्य सुदृढ बनाउन र बालबालिकाको सुरक्षित भविष्यकालागि मार्गचित्र कोर्ने बताउनुभयो ।

उहाँले यो कार्यक्रमले सहभागि सबै सरोकारवालाबिच सामूहिक प्रतिबद्धता जगाउन प्रेरणादायी भूमिका खेलेको जनाउँदै एकता र दृढ संकल्पकासाथ सबैले मिलेर बाल बेचबिखन जस्तो गम्भीर समस्याको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै वडा नम्बर ६ का वडा अध्यक्ष असराज न्यौपानेले बालबेचविखन जस्ता कार्यहरु घोर अपराध भएको जनाउँदै सो हुननदिन सबै सचेत र सतर्क हुनुपर्ने बताउनुभयो । सो कार्यक्रममा वडा सदस्यहरू, विद्यालयका प्रधानाध्यापक, वडा सचिव तथा कर्मचारीहरू, सामुदायिक अगुवा, धार्मिक अगुवा, बाल क्लबका सदस्यहरू, युवा दूतहरू तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागि अधिकांशले यस्ता संवादले समुदायका मानिसहरुलाई धेरै कुरा सिक्ने अवसर दिने बताएका थिए । कार्यक्रमको सञ्चालन राजापुर नगरपालिकाको महिला तथा बालबालिका इकाई प्रमुख अनिता चौधरीले गर्नुभएको थियो ।

Next Post

प्रेस स्वतन्त्रताको घेराबन्दी : कानुनी संशोधन, सरकारी हस्तक्षेप र पत्रकारिताको भविष्य

२०८२ भाद्र ८, आईतवार १५:४५
लोकतन्त्र बिना स्वतन्त्र प्रेस हुँदैन, र स्वतन्त्र प्रेस बिना लोकतन्त्र अस्तित्वमै रहँदैन। डा. डक्टप्रसाद धिताल नेपालको लोकतान्त्रिक यात्रामा प्रेस स्वतन्त्रता सधैं आधारशिला बनेको छ। यसले मुलुकका आन्दोलन, विद्रोह, संक्रमण र पुनर्जागरणमा अग्रणी भूमिका खेलेको इतिहास बोकेको छ। २०४६ सालको जनआन्दोलनदेखि २०६२/०६३ सालको दोस्रो जनआन्दोलनसम्म पत्रकारिता केवल समाचार लेख्ने माध्यम मात्र […]