प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

  ।   २०८१ जेष्ठ २८, सोमबार ०९:३०

काठमाडौँ, । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

आइतबार बेलुका भएको भेटमा उहाँहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुनुभएको थियो । उहाँ आइतबार नै भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।

Next Post

नमुना प्रमुख जिल्ला अधिकारी बनेपछि प्रतिक्षाको अनुभव

२०८१ जेष्ठ २८, सोमबार ०९:३०
नेपालगन्ज । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ कीे प्रतीक्षा न्यौपानेले एक घण्टाका लागि बर्दियाको नमुना प्रमुख जिल्ला अधिकारी बन्ने अवसर पाइन् । प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले किशोरीहरूको क्षमता अभिवृद्धि गर्नका लागि सञ्चालन गरेको गल्र्स टेक ओभर कार्यक्रम अन्तर्गत बालिका न्यौपानेलाई बर्दियाको नमुना प्रमुख जिल्ला अधिकारी […]