बाँके जिल्लाबाट आज थप १५७ जना कोरोना जितेर घर फर्किदै, बिरामी निको हुने दर ८४.४५ प्रतिशत

  ।   २०७७ कार्तिक ९, आईतवार ०७:२५

बाँके । बाँके जिल्लाबाट आज (आइतबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका १५७ जना निको भइ डिस्चार्ज हुँदैछन् ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा ५९ जना महिला र ९८ जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या दुई हजार ५१४ पुगेको छ ।

बाँकेमा हालसम्म दुई हजार ९७७ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डी.सीसी.एम.सी बाँकेले जनाएको छ । संक्रमित मध्ये ३० जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले ४५१ जना संक्रिय संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।

बाँकेमा बिरामी निको हुने दर ८४.४५ प्रतिशत, मृत्यु दर १.०१ प्रतिशत र रोगको प्रकोप दर ०.४९ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेले जनाएको छ ।

 

 

Next Post

हिजोआजको मौसम : बिहान–बेलुका चिसो, दिउँसो गर्मी

२०७७ कार्तिक ९, आईतवार ०७:२५
काठमाण्डौ । आइतबार देशका धेरैजसो ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँको मौसम भने आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् । मौसमविद् गङ्गा नगरकोटीका अनुसार आइतबार प्रदेश १ का केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । यस्तै, गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही ठाउँको […]