सरकार गठनका विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

  ।   २०७७ फाल्गुन १३, बिहीबार ०८:३०

काठमाडौं । नेकपाका दुवै समूहले सरकार गठनमा सहकार्य खोजेसँगै नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ ।

प्रतिनिधिसभा पुर्नस्थापना भएसँगै पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न कांग्रेसले आज पदाधिकारीको बैठक बोलाएको छ ।

दिउँसो तीन बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने बैठकमा सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेसँगै उत्पन्न परिस्थितिका बारेमा छलफल हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलेल जानकारी दिनुभयो ।

यस्तै विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपाको प्रस्तावलगायत विषयमा छलफल हुने पौडेलले जानकारी दिनुभयो ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेसँगै नयाँ सरकार गठनको बहस सुरु भएको छ ।

यसमा कांग्रेस निर्णायक देखिएको छ । प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद छन् ।

Next Post

आफूहरुसँग भएको सहमति पूर्णरुपमा पालना नभएको तालिवानी लडाकूहरुको आरोप

२०७७ फाल्गुन १३, बिहीबार ०८:३०
एजेन्सी । तालिवानी लडाकूहरुले अफगानिस्तान सरकार र पश्चिमा राष्ट्रहरुले गत वर्ष गरेको सम्झौताको पालना नगरेको आरोप लगाएको छ । तालिवानको राजनीतिक कार्यालयका एक अधिकारीले अन्तर अफगान वार्ता सुरु भएको तीन महिनाभित्र तालिवानी कैदीहरुलाई रिहा गर्नुपर्ने सहमति पालना नभएको जनाएका हुन् । तर अफगान सरकारले शान्ति वार्ता सुरु गरेको तीन महिना […]

सम्बन्धित शीर्षक