आफूहरुसँग भएको सहमति पूर्णरुपमा पालना नभएको तालिवानी लडाकूहरुको आरोप

  ।   २०७७ फाल्गुन १३, बिहीबार ०८:३१

एजेन्सी । तालिवानी लडाकूहरुले अफगानिस्तान सरकार र पश्चिमा राष्ट्रहरुले गत वर्ष गरेको सम्झौताको पालना नगरेको आरोप लगाएको छ ।

तालिवानको राजनीतिक कार्यालयका एक अधिकारीले अन्तर अफगान वार्ता सुरु भएको तीन महिनाभित्र तालिवानी कैदीहरुलाई रिहा गर्नुपर्ने सहमति पालना नभएको जनाएका हुन् ।

तर अफगान सरकारले शान्ति वार्ता सुरु गरेको तीन महिना बितिसक्दा पनि आफ्ना कैदीबन्दी रिहा नगरेको भन्दै तालिवानीले आपत्ति जनाएको हो ।

पूर्व निर्धारित समयभन्दा केही ढिलो वार्ता सुरु भएको र सोही समयमा अमेरिकी नेतृत्व परिवर्तन भएपनि अफगानिस्तानका सशस्त्र समूहले सरकारसँग वार्ता सुरु गरेका थिए ।

तर सरकारी पक्षले वार्ताअघि भएको सहमति पालनामा इमान्दारिता नदेखाएको भन्दै तालिवानीले वार्ताप्रति नै आशंका व्यक्त गरेको हो ।

तालिवानी लडाकूहरुले अफगानिस्तानमा रहेका बाँकी अमेरिकी सेना फिर्ता पठाउन भएको ढिलाइप्रति पनि चिन्ता व्यक्त गरेको अलजजिराले जनाएको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाइडेनले अफगानिस्तानसँग भएको सम्झौताको समीक्षा गर्ने बताइएपनि पूर्वसर्तहरु पालना नभएकाले आशंका पैदा भएको तालिवानी लडाकूका उच्च अधिकारीहरुले जनाएका छन् ।

Next Post

माछाको सङ्ख्यामा “विनाशकारी“ गिरावट आउन सक्ने चेतावनी

२०७७ फाल्गुन १३, बिहीबार ०८:३१
संवाददाता । एउटा वैज्ञानिक प्रतिवेदनले ताजा पानीमा हुने माछाको सङ्ख्यामा “विनाशकारी“ गिरावट आउन सक्ने चेतावनी दिएको छ । उक्त प्रतिवेदनका अनुसार लगभग एकतिहाइ त्यस्ता माछा लोप हुने खतरा देखिन्छ । संरक्षण समूहहरूका अनुसार ८० प्रजातिका माछा लोप भएका छन । तीमध्ये १६ प्रजाति पोहोर एक वर्षमै मासिएका हुन । लाखौँ […]

सम्बन्धित शीर्षक