नगद २६ लाख सहित कर अधिकृत पक्राउ

  ।   २०८० भाद्र २५, सोमबार १०:४२

भदौ २६ । नेपालगञ्ज विमानस्थलबाट एक कर अधिकृत २६ लाख नगद सहित पक्राउ पर्नुभएको छ भने अर्को अधिकृत फरार हुनुभएको छ । आन्तरिक राजस्व कार्यालयम गर्ने अधिकृत पक्राउ परेको प्रहरीले जनाएको छ ।

खगेन्द्र सापकोटा नाम भएका कर अधिकृत २६ लाख रुपैयाँ सहित पक्राउ पर्नुभएको छ भने अर्का अधिकृत दिपक पौडेल भग्न सफल हुनुभएको विमानस्थल स्रोतले जनाएको छ । उहाँहरू सो रकम साथमा बोकेर काठमाडौं जान लाग्नु भएको थियो । काठमाडौं जानेक्रममा नेपालगन्ज विमानस्थलमा सुरक्षामा भएको थियो । थप विवरण अनुसन्धान पछि खुल्ने स्रोले जनाएको छ ।

Next Post

क्रान्तिकारी विध्यार्थीको एकताले नयाँ तरंग ल्यायो

२०८० भाद्र २५, सोमबार १०:४२
ंनेपालगन्ज । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी भित्रको विवाद मिलेकोपछि एकप्रकारको नयाँ तरंग आएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा ८ बुँदे सहमति भएसँगै अखिल क्रान्तिकारी भित्रको विवाद अन्त्य भएको हो । क्रान्तिकारीका फ्रयाक्सन इन्चार्ज हिमाल शर्माले नीतिगत सहमतिको प्रस्ताव […]