क्रान्तिकारी विध्यार्थीको एकताले नयाँ तरंग ल्यायो

  ।   २०८० भाद्र २५, सोमबार १२:०९

ंनेपालगन्ज । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी भित्रको विवाद मिलेकोपछि एकप्रकारको नयाँ तरंग आएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा ८ बुँदे सहमति भएसँगै अखिल क्रान्तिकारी भित्रको विवाद अन्त्य भएको हो । क्रान्तिकारीका फ्रयाक्सन इन्चार्ज हिमाल शर्माले नीतिगत सहमतिको प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । नीतिगत सहमति भएसँगै क्रान्तिकारी भित्रको विवाद हल भएको फ्रयाक्सन इन्चार्ज शर्माले बताउनु भयो ।

‘नीतिगत सहमतिसँगै आजबाट क्रान्तिकारी भित्रको विवाद समाधान भएको छ । संगठनात्मक समस्याहरू समाधान गर्न ८ बुँदे सहमतिका आधारहरू प्रस्तुत भएका छन् । यसकै आधारमा २३ औं सम्मेलनको तयारीमा जुट्नेछौं’, शर्माले जानकारी दिनु भयो । क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले ८ बुँदे नीतिगत सहमतिसँगै संगठन एकताबद्ध भएको जिकिर गर्नु भयो । सहमतिसँगै संगठनभित्र देखिएको समानान्तर गतिविधि अन्त्य हुने उहाँको विश्वास रहेको छ ।

‘नीतिगत सहमतिसँगै हामी एकताबद्ध भएका छौं । दुवैपक्षको सहमतिमा २३ औं सम्मेलनको तयारीमा लाग्नेछौं । आजबाट समानान्तर गतिविधि अन्त्य भएको छ’, अध्यक्ष सिंहले भन्नु भयो । साउनमा विद्यार्थी संगठनको फ्याक्सन इन्र्चाजमा शर्मामा नियुक्त भएपछि संगठनात्मक विवाद समाधान गर्न पहल गर्नु भएको थियो । शर्माले प्रधानमन्त्री समक्ष विवाद हल गर्ने आधारपत्र प्रस्तुत गर्नु भएको थियो । बालुवाटारमा शर्मासहित उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिव वर्षमान पुन लगायत क्रान्तिकारीका नेताहरु उपस्थिति रहेको छ ।

क्रान्तिकारीको २१ औं सम्मेलनमा क्रान्तिकारीमा संगठनात्मक समस्या रहेको आरोप लगाउँदै उपाध्यक्ष पवन कार्की नेतृत्वको समूहले समानान्तर गतिविधि गर्दै आएको थियो । आठ बुँदे सहमतिमा विद्यामान केन्द्रीय समितिलाई पदाधिकारी कायम राखी २३ औं राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गर्ने, आयोजक समितिमा पदाधिकारी विस्तार गर्ने लगायत सहमतिका आधारहरू प्रस्तुत गरिएको छ । जुनकुराले देशैभर सकारात्मक तरंग छाएको छ । क्रान्तिकारी विध्यार्थीको एकताले विध्यार्थीहरुमा नयाँ सन्देश दिएको विध्यार्थी नेताहरूले बताउछन् ।

Next Post

बौद्धिक ज्ञानको साम्राज्यमा महिलाले हस्तक्षेप बढाउनुपर्छ : नेता पुन

२०८० भाद्र २५, सोमबार १२:०९
बुटवल । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटि सदस्य गणेशमान पुनले बौद्धिक ज्ञानको साम्राज्यमा महिलाले हस्तक्षेप बढाउनुपर्ने बताउनु भएको छ । सोमबार प्रेस सेन्टर नेपाल रूपन्देहीले बुटवलमा आयोजना गरेको ‘तीज पर्वको संरक्षण र सम्बर्धन विषयक अन्तरक्रियामा बोल्दै नेता पुनले महिलाहरूले नीति निर्माण तहमा भौतिक उपस्थितिसंगै बैचारिक हस्तक्षेप पनि बढाउनु पर्नेमा […]

सम्बन्धित समाचार