पत्रकार सुवेदीलाई पितृ शोक

  ।   २०८० असार २९, शुक्रबार २१:४१

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाका पुर्व सभापति  रुद्र सुबेदीलाई पितृ शोक परेको छ ।

४० वर्ष लामो समयसम्म शिक्षण पेशामा आवद्ध हुनुभेका डम्मर सुबेदीको आज शिक्षण अस्पतालको सघन कक्षमा उपचारका क्रममा निधन भएको सुबेदीको पारीवारीक श्रोतले जनाएको छ । सुबेदी बिगत देखि सुगर प्रेसरका बिरामी हुनुहुन्थ्यो ।

शिक्षण पेशाबाट बिश्राम लिएपनि सामाजिक कार्यमा क्रियाशिल रहदै आउनु भएका सुबेदी शिक्षक सहकारी नेपालगन्जका अध्यक्षको रुपमा कार्यरत रहदै आउनु भएको थियो ।

नेकपा एमाले तत्कालीन अञ्चल कमिटीको कार्यालय सचिव भएर कार्यरात सुबेदी हाल लुम्बिनी प्रदेश कमिटी सदस्यमा रहेर पार्टिमा समेत क्रियाशिल हुनुहुन्थ्यो । उहाँको अवशानले पार्टिलाई अतुलनिय क्षति पुगेको नेकपा एमाले बाँकेका उपाध्यक्ष डिल्लि बिसिले बताउनु भयो ।

२००२ सालमा कास्कि जिल्लाको काँस्किकोटमा जन्मिनु भएका डम्मबर सुबेदीको पार्थिब शरिरलाई पारीवारीक श्रोतका अनुसार भोलि ३० गते विहान बाँकेको अगैयाघाटमा अन्तिम संस्कारमा लगिने भएको छ । अगैयाघाट लैजानु अघि स्वर्गिय सुबेदीको पार्थिब शरीरलाई नेकपा एमाले बाँकेको पार्टि कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने छ भने ८ बजे त्यहाबाट घाट लैजाने ब्यबस्था मिलाईएको सुबेदी परीवारले जनाएको छ ।

नेपालगन्ज आफनै निवासबाट र कोहलपुरको न्युरोड चोकबाट आफन्त तथा शुभ चिन्तकहरुका लागि सवारी साधनको ब्यबस्था गरिने भएको छ ।

उहाँको धर्मपत्निको यस अघि नै निधन भई सकेको छ भने सुबेदीका ३ छोरा ९रुद्र सुबेदी, माधव सुबेदी र गुरु सुबेदी र एक छोरी सिता सुबेदी हुनुहुन्छ ।

Next Post

नेपालगन्ज कोरा साइक्लिङ च्यालेन्ज २०२३ सम्पन्न

२०८० असार २९, शुक्रबार २१:४१
नेपालगन्ज / साइकल चलाउन मन पराउनेहरुको महाउत्सव कोरा साइक्लिङ च्यालेन्ज २०२३ सम्पन्न भएको छ । ५औं सस्करणका रूपमा आयोजना गरिएको यस बर्षको कोरामा ७ बर्षिय अभिनब चौधरी लगायत ६५ जनाको सहभागिता रहेको थियो ।    कार्यक्रममा नेपालगन्ज एस.ओ.एस. युवालयको समेत सहभागिता रहेको थियो भने युवालयका डाइरेक्टर तुलाराम बिश्वास आफैं साइक्लिङमा […]