४ विकल्प हुँदा हुदै पनि इतिहासिक राजनीतिक दुर्घटना घटाईयो : नेता योगेश भट्टराई

  ।   २०७७ पुष १३, सोमबार १६:२५

संवाददाता, नेपालगंज
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड, नेपाल पक्षका नेता योगेश भट्टराईले ४ वटा विकल्प हुँदा हुदै देशमा प्रधानमन्त्रीले इतिहासिक राजनीतिक दुर्घटना घटाएको आरोप लगाउनुभएको छ ।

प्रेस संगठन नेपाल बाँकेले आज बिहान नेपालगंजमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले भन्नुभयो, ‘२०४७ सालको संविधानमा ब्यवस्था गरिएको प्रधानमन्त्रीको बिशेष अधिकार, २०७२ सालको संविधानमा कटौती भएको छ ।

प्रधानमन्त्रीले स्वबिभेक आफु सँग नभएको अधिकार प्रयोग गरी बलजब्ती, अख्तियारको दुरुपयोग गर्नुभयो ।’

प्रधानमन्त्रीले पौष ५ गते भुकम्प ल्याउनुभएको र त्यसैको पराकम्प अहिले आईरहेको बताउदै भट्टराईले पूर्व एमाले अथवा पूर्व माओवादी नभई मात्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहेको दाबी गर्नुभयो ।

एकिकृत पार्टीको पक्षमा जोड् दिदै नेता भट्टराईले नेकपाको विभाजनले नेपाली सगैं छिमेकी मुलुकहरु समेत दुखीत तर्क गर्नुभयो ।

पत्रकार द्धारा सोधीएका प्रश्नको जवाफ दिदै उहाँले प्रतिनिधि सभा पुर्नस्थापना हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

Next Post

बादी समुदायका सवाललाई छुट्टै ब्यवस्थापन गर्नुपर्नेमा जोड

२०७७ पुष १३, सोमबार १६:२५
संवाददाता, नेपालगंज। बादी समुदायका सवाललाई छुट्टै ब्यवस्थापन गर्नुपर्नेमा बाँकेको नेपालगंजमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालले आयोजना गरेको ‘अधिकारका लागी पैरवी’ तालिममा सहभागी सरोकारवाला निकायका ब्यक्तित्वहरुले यस्तो कुरामा जोड दिएका हुन । दलितका नाममा बाँठाटाठाले फाइदा लिएको भन्दै अब स्थानीय, प्रदेश र […]