बादी समुदायका सवाललाई छुट्टै ब्यवस्थापन गर्नुपर्नेमा जोड

  ।   २०७७ पुष १३, सोमबार १७:२७

संवाददाता, नेपालगंज
बादी समुदायका सवाललाई छुट्टै ब्यवस्थापन गर्नुपर्नेमा बाँकेको नेपालगंजमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन ।

सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालले आयोजना गरेको ‘अधिकारका लागी पैरवी’ तालिममा सहभागी सरोकारवाला निकायका ब्यक्तित्वहरुले यस्तो कुरामा जोड दिएका हुन ।

दलितका नाममा बाँठाटाठाले फाइदा लिएको भन्दै अब स्थानीय, प्रदेश र संघीय सरकारले बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्दा समुदाय नै तोकेर बाँठफाँट गरिदिनु पर्ने संम्बन्धित सरोकारवालाको भनाई छ ।

ओपन सोसाइटी फाउण्डेसनको सहयोगमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवस्तवले भन्नुभयो, ‘परिवर्तन गर्न, लेख्नमा सव भन्दा सिपालु छौं, तर कार्यन्वयनमा धेरै कमजोर ।’

कमिट नेपालका अध्यक्ष प्रकाश बादीको अध्यक्षतामा भएको उद्दघाटन कार्यक्रममा बादी समुदायका अगुवा केशव नेपाली, राष्ट्रिय मानव अधिकार आयोग, नेपालगंज कार्यालयका अधिकृत द्धारिका अधिकारी, भवन डिभिजन कार्यालय नेपालगंजका निमित्त प्रमुख राम आश्रप शाह, दलित महिला संघ (फेडो) बाँके अध्यक्ष निर्मला सुनार, गैसस बाँकेका सदस्य लोग बहादुर परियार, नेपाल पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष रुपा गहतराज, सर्मपण नेपालका मोहनलाल सोनखर लगायतले आफनो धारणा ब्यक्त गर्नुभएको थियो ।

‘सामाजिक न्याय, आत्म–सम्मान, सशक्तिकरण र रुपान्तरणका लागी सामुदायिक अभियान’ भन्ने मुख्य नाराका साथ आजदेखी शुरु भएको तालिम यही पौष १५ गते सम्म चल्नेछ ।

तालिममा विभिन्न जिल्लाका ३० जना ब्यक्तित्वहरुको सहभागीता रहेको कमिट नेपालका महासचिव जगदिस नेपालीले जानकारी दिनुभयो ।

कमिट नेपालले केही जिल्लामा शाखा विस्तारको योजना समेत बनाएको कार्यक्रममा जानकारी दिईएको छ ।

Next Post

कसरी घटे लोपोन्मुख कृष्णसार ?

२०७७ पुष १३, सोमबार १७:२७
-बर्दियाको खैरापुरस्थित संरक्षित क्षेत्रमा कृष्णसारको बथान । फोटो सौजन्य : कृष्णसार संरक्षण क्षेत्र कार्र्यालय, बर्दिया संवाददाता, खैरापुर (बर्दिया) । १२ पुसको मध्यान्न १२ बजे बर्दियाको खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्रमा पुग्दा घाँसे मैदानको ठाउँठाउँमा आगो लगाइएको थियो । मैदान खाली खाली देखिन्थ्यो । मैदानमा पाकेका राता बयरका ठाउँठाउँमा झाडी थिए । […]

सम्बन्धित शीर्षक