-बर्दियाको खैरापुरस्थित संरक्षित क्षेत्रमा कृष्णसारको बथान । फोटो सौजन्य : कृष्णसार संरक्षण क्षेत्र कार्र्यालय, बर्दिया
संवाददाता, खैरापुर (बर्दिया) ।
१२ पुसको मध्यान्न १२ बजे बर्दियाको खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्रमा पुग्दा घाँसे मैदानको ठाउँठाउँमा आगो लगाइएको थियो । मैदान खाली खाली देखिन्थ्यो । मैदानमा पाकेका राता बयरका ठाउँठाउँमा झाडी थिए ।
आँखाले देखुञ्जेलसम्म कतै मृग जाति देखिँदैनथ्यो । संरक्षण क्षेत्रका रेञ्जर मनराज लामा मोक्तान फिल्डमा पुगेर फर्कँदै हुनुहुन्थ्यो । ‘पूर्वउत्तरतिर जानुभयो भने कृष्णसार चर्दै गरेको अवस्थामा भेट्न सक्नुहुन्छ’, उहाँले सुझाउनुभयो ।
संवाददाताको टिम अलि पर पुग्दा नभन्दै पन्ध्र सोह्र वटाको एक झुन्ड कृष्णसार भेटियो । मौसम सफा थिएन । हल्का कुहिरो लागेकाले अलि नजिक पुगेपछि मात्र फोटो राम्रो आउँथ्यो ।
संरक्षण क्षेत्रमा कृष्णसारका लागि बनाइएको पानी पोखरीको आडमा बसेर पत्रकारले फोटोे खिचे । कृष्णसार डराएर भागेनन् । अलि नजिक पुगेपछि मात्र अगाडि बढे । त्यो पनि भयभित भएर होइन ।
कछुवाको गतिमा । २०७० सालमा अहिलेसम्मकै सबैभन्दा बढी ३ सयको संख्यामा कृष्णसार थिए ।
त्यसयता संख्या घट्दो क्रममा छ’, रेञ्जर मोक्तानले प्रष्ट पार्नुभयोे, ‘बर्सेनी मासिक चितुवाको आक्रमणमा कम्तीमा पाँच सात वटा कृष्णसारको मृत्यु हुन्छ । हुँडार, चिल र भुस्याहा कुकुरको आक्रमणबाट पनि मरेका छन् ।’
२०७४ सालको बाढीमा मात्र १८ वटा कृष्णसार बगेका थिए । अहिलेसम्म बाढीले बगाएको संख्या ४० पुगेको कार्यालयले जनाएको छ ।
कृष्णसारले वर्षमा २ पटक बच्चा पाउँछ तर संरक्षण क्षेत्रमा अहिलेसम्म एक पटक मात्र बच्चा जन्माएको पाइएको रेञ्जर मोक्तानले अनुभव सुनाउनुभयो ।
हरेक वर्ष कम्तीमा ८० वटा कृष्णसारले बच्चा पाउँछन् तर मुस्किलले ६० को हाराहारीमा मात्र बाँच्छन् । कृष्णसारको बच्चालाई चिल र कागले पनि ठुंगेर मार्ने गरेका छन् । ‘अति नैै संवेदनशील जनावर हो ।
प्राकृतिक रुपमा आफै घाउ निको भएको अवस्थामा बाहेक ।
घाइते भयो भने अत्याधिक रक्तश्राव भएर कृष्णसारको मृत्यु हुन्छ । उपचार गरेर अहिलेसम्म बचाउन सकिएको छैन’, उहाँले भन्नुभयो । अहिले संरक्षण क्षेत्रमा १२६ माउ र ५९ वटा वयस्क कृष्णसार छन् ।
कृष्णसार संरक्षण क्षेत्रमा तारबार गरिएको छ । ३ वटा सोलार सिस्टमबाट १५ वटा पोखरीमा पानीको व्यवस्था पनि गरिएको छ । मौसमी बाली गहुँ, मकै संरक्षण क्षेत्रभित्र लगाएको छ ।
जसका कारण कृष्णसार बाली खान बाहिर जानु पर्दैन । दुधिलो घाँस खान मन पराउने भएकाले मैदानमा आगो लगाउने गरिन्छ । प्लट प्लटमा आगो लगाउने भएकाले कृष्णसारलाई असर नपर्ने गरी आगोे लगाइने गरेको कार्यालयले जनाएको छ ।
गुलरिया नगरपालिकामा ५२७ हेक्टर क्षेत्रफलमा रहेको कृष्णसार संरक्षण क्षेत्र छ तर ११५ हेक्टर त अतिक्रममा नै परेको छ । पटक पटक बस्ती व्यवस्थापनका लागि पहल भए पनि हुन सकेको छैन ।
अव्यवस्थित र अतिक्रमित बस्ती व्यवस्थापन गर्न सकेमा लोपोन्मुख कृष्णसारको दीगो व्यवस्थापन हुने अभियन्ताहरु बताउँछन् ।
तथ्यांक यस्तो हेर्नुहोस ।
#कृष्णसार #व्यवस्थापन #संरक्षण #गुलरिया #बर्दिया #खैरापुर
गुडन्युज साप्ताहिक पत्रिकाबाट…