सूर्यज्योति लाइफ इन्स्योरेन्सको अन्तरक्रिया

  ।   २०८० मंसिर ७, बिहीबार २२:०९

 

बाँके। सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बिमा योजना ‘सहि प्लान’ सुरु गरेको छ ।

कम्पनीले विहिबार बाँकेको गनापुरमा रहेको नमस्ते रिसोर्टमा एक कार्यक्रम आयोजना गर्दै ’सूर्यज्योति सहि प्लान’ योजना सुरुवात गरेको हो । जीवन बीमा क्षेत्रमा नयाँ सोचका साथ अरु भन्दा फरक, आकर्षक र उत्कृष्ट सुविधाहरू भएको ‘सहि प्लान’ आम मानिसहरूको आवश्यकता र परिस्तिथिलाई मध्य नजर गर्दै पहिलो पटक सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको आयोजकले बतायो ।

नयाँ योजना शुभारम्भ तथा अन्तक्रिया कार्यक्रम अध्यक्ष समेत रहनुभएका सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका वरिष्ठ उप प्रमुख कार्यकारी अधिकृत पवन खड्काले सहि प्लान’ योजनाका बारेमा प्रष्ट पार्नु भएको थियो । खड्काका अनुसार यस योजनामा थोरै प्रिमियममा ठूलो बीमा लिन सकिने, ७० वर्ष पुगेपछि तिरेको सम्पूर्ण प्रिमियम फिर्ता हुने, आर्थिक सुरक्षा आजीवन रहिरहने र तिरेको प्रिमियमको ६ गुणा सम्मको रकम फिर्ता हुने विशेषताहरू छन् ।

यस प्लानका ऐच्छिक तथा अतिरिक्त सुविधाहरुमा दुर्घटनाका कारण मृत्यु भएमा दोहोरो विमा लाभ (अधिकतम १ करोड सम्म), दुर्घटनाबाट पुर्ण अशक्त भएमा (अधिकतम १ करोड सम्म), बाँकी अबधिको बीमा शुल्क छुट, बीमाङ्कको आधारमा कम्तिमा १० बर्षसम्म मासिक अशक्त सुबिधा रहेको छ, खड्काले भन्नुभयो  । यसबाहेक ऐच्छिक सुविधा अन्तर्गत सर्वाधिक ३५ घातक रोगहरू विरुद्ध ५० लाखसम्मको उपचार खर्चको सुबिधा समेत रहेको खड्काले बताउनुभयो ।

सहि प्लान शुभारम्भ तथा अन्तक्रिया कार्यक्रममा सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका बाँके तथा बर्दियाका अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

Next Post

कहाँ हुनुहुन्छ इजरायलबाट बेपत्ता भएका विपिन जोशी ?

२०८० मंसिर ७, बिहीबार २२:०९
काठमाडौं । इजरायलमा रोजगारीका लागि जानु भएका विपिन जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा रहेको पुष्टि भएको छ । इजरायलको किबुज स्थित कृषि फार्ममा २० असोजमा हमास समूहको आक्रमढापछि बेपत्ता हुनु भएका जोशी गाजा क्षेत्रमा हमासको कब्जामा रहेको पुष्टि भएको हो । जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा थाइल्याण्डका नागरिकहरुसँगै सुरक्षित अवस्थामा रहेको जानकारी […]