तरकारी खेतीमा भविष्य खोज्दै शारीरिक रुपमा अपाङ्गता पतिराम थारु

  ।   २०७७ माघ १८, आईतवार १५:४६

दल बहादुर सुनार, बर्दिया
बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ६ नारायणपुरका शारीरिक अपाङ्गता रहनु भएका पतिराम थारुले ब्यवसायिक तरकारी खेति गरी आत्मनिर्भर बन्न सफल हुनुभएको छ ।

३३ बर्षिय पतिरामको १० कठ्ठा जग्गामा अहिले टमाटर, काउली, बन्दा, खुर्सानी लगायतका विभिन्न तरकारी बाली लगाएको छ ।

तिनपांग्रे साईकलको सहयोगमा आउजाउ गर्ने उहाँले स्थानीय एक समुहबाट २० हजार रुपैंया ऋण, कर्जा लिएर ब्यवसायिक रुपमा तरकारी खेती शुरु गर्नुभएको हो ।

यही तरकारी खेतीबाटै एक सिजनमा करिब डेढ लाख रुपैंया सम्म आम्दानी गर्न सफल भएको उहाँले सुनाउनुभयो ।

#अपाङ्गता  #शारीरिक  #ब्यवसायिक

Next Post

आज कक्षा १२ को नतिजा सार्वजनिक हुने

२०७७ माघ १८, आईतवार १५:४६
काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । केही समस्या नदेखिए आज नतिजा सार्वजनिक हुने बोर्डले जनाएको छ । बोर्डले आज बिहान १० बजे बोर्ड बैठक बोलाएको छ । बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले केही समस्या नआए आज नतिजा सार्वजनिक गर्ने बताउनु […]