आज कक्षा १२ को नतिजा सार्वजनिक हुने

  ।   २०७७ माघ १९, सोमबार ०७:५५

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

केही समस्या नदेखिए आज नतिजा सार्वजनिक हुने बोर्डले जनाएको छ । बोर्डले आज बिहान १० बजे बोर्ड बैठक बोलाएको छ ।

बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले केही समस्या नआए आज नतिजा सार्वजनिक गर्ने बताउनु भएको छ । यसवर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिएको थियो ।

४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिएको छ । बोर्डले पुसमध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, परीक्षा व्यवस्थित नहुँदा नतिजा सार्वजनिक हुन ढिलाइ भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिरिया बम बिस्फोटमा १२ जनाको मृत्यु, २९ जना भन्दा बढी घाइते

२०७७ माघ १९, सोमबार ०७:५५
काठमाडौं । उत्तरपश्चिम सिरियामा कार बम बिस्फोट हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । श्रृंखलावद्ध रुपमा भएका बिस्फोटमा परेर कम्तिमा २९ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । विद्रोही लडाकूहरुको नियन्त्रणमा रहेका क्षेत्रमा विस्फोट भएको सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् । सिरियाको समर्थमा रहेको सो विद्रोही समूहले […]