-सन्तोष कुमार बिष्ट, नेपालगन्ज
कोरोना कहरले अझै पनि छोडेको छैन । झुपडी देखि महल सम्मका कोहि कसैलाई पनि कोभिड-१९ ले नछाडे पनि मानिसमा भने डर हराइसकेको छ । नेपालगन्ज जमुनाह नाकबाट भएर भारत जानेहरू मध्यका एक भुमिनन्द जैसीले भन्नुभयो ” कोरोना भनेर के गर्नु, पेट पाल्नै पार्छ । नेपाल बसेर के गर्नु ? त्यसैले हजुर भारत पस्नु पर्यो ।”
चीनको बुहान शहरबाट शुरु भएको कोरोनाले संसारका सबै मुलुकलाई त्राही-त्राही बनायो । लाखौको संख्यामा मानिसहरूले अकालमा आफ्नो ज्यान गुमाएका छन् । नेपालमा अहिले सम्म २ लाख ६१ हजार ८ सय ५१ जना कोरोना संक्रमित छन् भने २ लाख ५४ हजार ४ सय ९४ जना संक्रमित निको भएर घर गैसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १ हजार ८ सय ७८ जनाले अकालमा ज्यान गुमाएका छन् ।
विश्वका विकसित मुलुकहरुले भ्याक्सिनको तैयारी गरेर प्रयोग पनि गरिरहेका छन् । कोरोना भाइरस महामारीले फेरि रुप परिवर्तन गरि झन शक्तिशाली भएर आफ्नो आतंक शुरु गर्न थालेको खबर अन्तर्राष्ट्रिय मिडियाले छाप्न थालेको छ । युरोप र छिमेकी राष्ट्र भारतको दक्षिण भागमा पुन: लकडाउन शुरु भएको छ ।
बिज्ञहरुको भनाइ अनुसार कोरोना भाइरसले नेपालमा झन बिकाराल रुपलिने भनेर बिष्लेण गर्न थालिसकेका छन् । तर पनि नेपालीहरु भने कोरोना देखि डराउन छोडेको देखिन्छ ।
नेपालगन्जको जुमुनाह नाकाबाट भएर भारत जानेको संख्या ह्वात्तै बढेको छ । नेपालमा बढ्दो बेरोजगारी र महंगिले सर्वसाधारणहरु बिदेश जान बाध्य छन् । लुम्बिनी र कर्णाली प्रदेशका सर्वसाधारण भने नजिकको सिमानाका जमुनाहबाट बिहान ६ बजे देखिनै लामो लाइन र ठुलो भिडका साथ जान लागेका देख्न सकिन्छ ।
नाकामा भारत जानेहरूको भिडलाई सम्हाल्न प्रहरीलाई हम्मे हम्मे परेको छ । वास्तवमा सिमाना खुलेको छैन तर आउने जानेहरुको कमिनै छैन । भारत तिर काम गर्न जाने त छ्दै छन् भने दैनिक औषधिको बहानामा नजिको भारतिय बजार रुपहिडिहा जाने र सर-समान सामान लिएर फर्किनेहरु पनि उत्तिकै छन् ।
सामानको थुप्रो नेपाल भित्र्याउन मन पराउछ्न तर भन्सार तिर्न भने मान्दैनन् । भन्सार कर्मचारीले रोक्न खोज्दा झगडा गर्न तम्सिन्छन। जुमुनाह नाकाम कार्यरत एक कर्मचारी भन्छन्,” हजुर, अलि कडाई गर्यो भने घुस माग्यो भनेर झुठो आरोप पनि लगाउन पछि पर्दैनन । कसरी काम गर्ने हो, हैरान नै छ ।”
जुमुनाह नाकामा सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीहरुको ब्यथा छुट्टै छ । जमुनाहका प्रहरी इन्चार्ज बिष्णु गिरी यसरी बताउनु हुन्छ,” आफ्नो ज्यान जोखिममा राखेर ड्युटी गरि रहेका छौ । प्रसंशा भन्ने त छदै छैन बरु उल्टो तस्कर संग मिलेको छस, हामीलाई सताउछस भनेर लान्छना लगाउन र बदनाम गर्न तैयार हुन्छन । आफ्नो पावरको धाक र धम्की लगाउनेहरु त दिनमा दर्जनौं भेटिन्छन् । धम्की र गुनासोले टाउको दुख्छ ।”
जमुनाहको भिडलाइ देखेर ज्ञान नेपालका कर्मचारी सपना बिस्ट बताउनु हुन्छ,” जुमुनाहको भिड हेर्दा साच्चै पनि सामाजिक दुरीको कहिकतै पालना गरिएको देखिदैन ।” यसतर्फ सुरक्षा निकाय र प्रशासनको ध्यान जानु जरुरी जरुरी छ ।
यसरी नै अस्तव्यस्त हुने हो भने नयाँ महामारी फैलन सक्ने ठूलो संभावना भएको यात्रा गर्ने जानकारहरुले चासो व्यक्त गर्न थालेका छन् ।