२० रुपैयाँको विवादले अर्घाखाँचीका एक वृद्धको हत्या

  ।   २०८० कार्तिक २३, बिहीबार १५:२८

नेपालगन्ज । अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका ९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट खुलेको हो ।

मालारानी स्थायी ठेगाना भई भूमिकास्थान १, रजिमे बस्दै आएका बीस वर्षीय गोपाल नेपालीले मालारानीको गोखुङ्गा निवासी ७२ वर्षीया हरिकला भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव निरीक्षक प्रतित सिंह राठोरले बताउनु भएको छ ।

यही कात्तिक १४ गते बीस रुपैयाँ नतिरेको निहुँमा नेपाली झगडा गर्न भुसालको घरमा पुगेका थिए । झगडाले उग्ररुप लिँदै गएपछि घरमा एक्लै रहेकी बृद्धा भुसाललाई मुक्का तथा खुकुरीको पछाडिको भागले हानेर हत्या गरेको उनले प्रहरी समक्ष बयान दिएका छन् ।

हत्यापछि बृद्धासँग भएको नगद र सुनका गरगहनासमेत चोरेर नेपाली फरार भएका थिए । अहिले नेपालीलाई पक्राउ गरी अदालतबाट म्याद गराएर अनुसन्धान थालिएको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा नेपालीलाई सार्वजनिक पनि गरिएको थियो ।

Next Post

समस्या र समाधानका सूचि बनाएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

२०८० कार्तिक २३, बिहीबार १५:२८
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालय र निकायहरुमा प्रगति हुन नसक्नुका कारण खोजी तत्काल समाधान गर्नुपर्ने बताउनुभएको छ । त्यसका लागि समस्याका सूचि बनाएर समाधानका उपाय पेस गर्न पनि उहाँले निर्देशन दिनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार आयोजना गरेको आव २०८०/८१ को प्रथम त्रैमासिक […]