२४ जना डिस्चार्ज हुँदै

प्रति सयमा बिरामी निकोहुने दर ७१.५१, मृत्युु दर ०.५५ र रोग प्रकोप दर ०.१८

  ।   २०७७ भाद्र १७, बुधबार २३:११

बाँके । बाँकेका विभिन्न आइसोलेसन सेन्टरबाट २४ जना डिस्चार्ज हुँदै छन् । भोलि बिहिबार ३ महिला र २१ जना पुरुषले कोरोना जितेर डिस्चार्ज हुन लागेका हुन् ।

कोरोना फोकल पर्शन नरेश श्रेष्ठका अनुसार १ हजार ९५ जना कोरोना संक्रमित पुष्टि भएका छन् भने ७ सय ७३ जना निको भएर घर फर्किसकेका छन् । हालसम्म विभिन्न आइसोलेसन सेन्टरमा ३ सय ६ जना उपचाररत छन् । ६ जनाको कोरोनाको कारण मृत्युु भैसकेको छ ।

फोकल पर्शन श्रेष्ठले जारी गरेको रिपोर्ट अनुसार प्रति सय जनामा बिरामी निको हुने दर ७१.५१ प्रतिशत, बिरामी मृत्युु दर ०.५५ प्रतिशत र रोग प्रकोप प्रति दर ०.१८ उल्लेख गर्नुभएको छ ।

Next Post

क्यानले माग्यो नेपाली राष्ट्रिय टिमका लागि मुख्य प्रशिक्षक

२०७७ भाद्र १७, बुधबार २३:११
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सूचना प्रकाशित गर्दै नेपाली राष्ट्रिय टिमका लागि मुख्य प्रशिक्षक मागेको छ । टिममा लामो समयदेखि प्रशिक्षक पद खाली रहेको छ । उमेश पटवालले राजीनामा दिएयता यो पद खाली छ । यस्तै क्यानले सातै प्रदेशका लागि पनि एक-एक जना प्रशिक्षकका लागि दरखास्त आह्वान […]