तीन हजार १६७ थपिए, सङ्क्रमित एक लाख २९ हजार ३०४ पुग्यो

  ।   २०७७ कार्तिक १, शनिबार १६:३५

काठमाडौं । नेपालमा कोरोनाभाइरसका तीन हजार १६७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५ हजार ४३८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १५ हजार ४३८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार १६७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख २९ हजार ३०४ पुगेको छ । हाल ३८ हजार ७३७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार आठ सय जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ८९ हजार ८४० सङ्क्रमित निको भएर घर फर्केका छन् ।

Next Post

भोकमरीको सूचिमा नेपाल ७३ औं स्थानमा

२०७७ कार्तिक १, शनिबार १६:३५
काठमाडौं । विश्व भोकमरी सूचि सन् २०२० मा १०७ मुलुकहरुमध्ये नेपाल ७३ औं स्थानमा परेको छ । सो अध्ययन अनुसार नेपालले १९.५ नम्बर ल्याएको थियो । यो अवस्था भनेको मोडरेट अवस्था हो, जसको अर्थ धेरै भोकमरी पनि होइन र भोकमरी नै नहुने अवस्था पनि होइन । दक्षिण एसियामा भारत ९४, […]