नेपालगन्जमा भन्सार छली गरेका ७१ हजारको गन्जी बरामद

  ।   २०८० चैत्र १८, आईतवार १९:५०

नेपालगन्ज । वडा प्रहरी कार्यालय नेपालगन्जले भारतबाट अवैधरुपमा भन्सार छली गरि नेपाल ल्याइएका ७१ हजार रुपैयाँ बराबरको गन्जी (सेन्डो) बरामद गरेको जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ बाँकेगाउँस्थित पिपल चौताराबाट भारतबाट भन्सार छली अवैधरुपमा चोरी पैठारी गरि ल्याइएका ८ सय ८८ थान गन्जी बरमद गरेको वडा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद गरिएका गन्जीको मूल्य अन्दाजी ७१ हजार रुपैयाँ रहेको छ ।

बरामद गरिएको गन्जीलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको वडा प्रहरीले जनाएको छ ।

Next Post

नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छ : प्रधानमन्त्री

२०८० चैत्र १८, आईतवार १९:५०
काठमाडौँ,  । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ समीकरणसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताउनुभएको छ । मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको बताउनुभयो । “पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय […]