नन्दा शाही बाँके, डुडुवा । प्रेस सेन्टर नेपाल डुडुवा गाउँपालिकाको प्रथम सम्मेलनले कालु गिरीको नेतृत्वमा गाँउ समिति सर्वसम्मत निर्वाचित गरेको छ । मंगलबार सम्पन्न सम्मेलनले गिरीको नेतृत्वमा सर्वसम्मत गाँउ समिति चयन गरेको हो । जसको उपाध्यक्षमा दिपशिखा दाहाल बिष्ट, सचीवमा मनिषा परियार, सहसचिवमा अम्मर बुढाथोकी र कोषाध्यक्ष रहिस अलि शेष चयन भएका छन भने सदस्यहरुमा इसाक अलि शेष, अमानत शेष, नन्दा शाही, मदन हमाल, भिकु बडही र रतन चलाउने चयन भएका छन् ।
प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्षतामा भएको भेलामा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सुशिल शर्मा, माओवादी केन्द्र डुडुवाका अध्यक्ष भोला यादव, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, सचिवद्वय आलम खान, गजेन्द्र गुरुङ, डुडुवाका उपाध्यक्ष मानबिर थापा, दयाराम यादव, सचिव प्रेमा शाही, सहसचिव रत्न चलाउने, प्रेस सेन्टर नेपाल नेपालगञ्जका अध्यक्ष चन्द्र बोहरा लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले निष्पक्ष भएर पत्रकारिता गर्न आग्रह गरेका थिए ।





