प्रगतिशील पत्रकार संघका पुर्व अध्यक्ष जिएम प्रेस सेन्टर नेपालमा आबद्ध

  ।   २०७८ चैत्र १, मंगलवार १७:०७

काठमाडौं । नेकपा मसालनिकट प्रगतिशील पत्रकार संघका निवर्तमान अध्यक्ष उदय जीएम प्रेस सेन्टर नेपालमा आबद्ध हुनुभएको छ। नेपाल पत्रकार महासंघका उपाध्यक्षसमेत रहनुभएका पत्रकार जीएम मंगलबार औपचारिक रुपमा प्रेस सेन्टरमा समाहित हुनुभएको हो।

पत्रकार जीएमलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, नेता कृष्णबहादुर महरा र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले स्वागत गर्नुभएको छ।

तीन दशक अघिदेखि पत्रकारितामा क्रियाशील जीएमले मूलधारका सञ्चारमाध्यमहरु अन्नपूर्ण पोष्ट, सगरमाथा टीभी, दैनिक अनलाइन, पहिलोपेज डटकम लगायतमा काम गरिसक्नुभएको छ। हाल द हिमालयन टाइम्समा आबद्ध जीएम साहित्य लेखनमा पनि उत्तिकै कलम चलाउनुहुन्छ। पत्रकार महासंघको केन्द्रीय सचिवका रुपमा एक कार्यकाल काम गरिसक्नुभएका उहाँ हाल महासंघको उपाध्यक्ष रहनुभएको छ।

Next Post

कतार च्यारेटीद्धारा नरैनापुरमा निशुल्क स्वास्थ्य शिविरमा  ६ सय ७८ को स्वास्थ्य परीक्षण

२०७८ चैत्र १, मंगलवार १७:०७
नेपालगञ्ज । बाँकेको नरैनापुरमा कतार च्यारेटीको आर्थिक सहयोगमा विशेषज्ञ चिकित्सकहरुको सहभागितामा मंगलवार निशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो । नरैनापुर गाउँपालिका, नेपालगञ्ज मेडिकल कलेज र भैरव प्रसाद गणको समन्वयमा बाँके युनेस्को क्लबले आयोजना गरेको सो स्वास्थ्य शिविरमा पहिलो पटक विभिन्न रोगका विशेषज्ञ डाक्टहरु पुगेकोले ठुलो संख्यामा विरामीहरुले सेवा लिएका छन् । […]