माओवादी केन्द्रद्वारा शर्माको संयोजकत्वमा १ सय ११ सदस्यीय मुल निर्वाचन प्रचार समिति गठन

  ।   २०७९ कार्तिक ४, शुक्रबार १२:०९


नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज नगर कमिटीको बैठकले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरि एक महिने निर्वाचन तयारी अभियान गर्ने निर्णय गरेको छ । बिहिवार बसेको पुर्ण बैठकले लुम्बिनी प्रदेश समिति सदस्य नवीन शर्माको संयोजकत्वमा १ सय ११ सदस्यीय मुल निर्वाचन परिचालन समितिको निर्माण गरेको छ । नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य  लुम्बिनी प्रदेश समिति सहसचिव बाँके क्षेत्र नं. २ ख का उम्मेदवार अकल बहादुर बम उपस्थित बैठकले आफ्ना उम्मेदवारलाई जिताउन जस्तोसुकै परिस्थितिको सामना गर्ने गरि विभिन्न निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सचिव अकल बहादुरको प्रमुख अतिथ्यतामा बसेको बैठकले जस्तो सुकै परिस्थितिको सामना गर्नु परेपनि आफ्ना उम्मेदवारलाई बिजयी गराउने गरि एक ढिक्का भएर लाग्ने गरि विभिन्न निर्णय गरेको हो ।

२ नम्बर निर्वाचन क्षेत्रका सबै वडाहरुमा तत्काल औपचारिक कार्यक्रम गरि निर्वाचन प्रचार-प्रसार कार्यालय उद्घाटन गर्ने नगर अध्यक्ष रतन बहादुर शाहीले गुडन्युज खबरसँग बताउनु भयो । त्यस्तै सबै वडा समिति, जवस मोर्चा र पेसागत संगठनहरु सँग कार्तिक ७ गते भित्र बैठक बसिसक्ने समितिले निर्णय गरेको छ । यसै क्षेत्रमा रहने प्रदेश समिति सदस्य, जिल्ला समन्वय समिति सदस्य र नगर पदाधिकारीहरुको कार्य बिभाजन हरेक वडाहरुले नेतृत्व गरेर प्रचार मोर्चालाई चुस्त र दुरुस्त बनाउने भएको छ ।

वडाहरुमा जनभेला, जनभेटघाट, घरदैलो कार्यक्रमलाई व्यापक बनाएर लैजाने मुल निर्वाचन परिचालन समिति संयोजक शर्माले बताउनु भयो । मतदाता शिक्षालाई प्रभावकारी बनाउन नमुना मतपत्र प्रत्यक वडामा व्यवस्थित गर्ने, सबै वडामा मत सर्वेक्षण तथा विश्लेषण गर्ने, पार्टीको घोषणा पत्र, प्रचार सामग्री तयार गर्ने जस्ता निर्णय गरि अगाडि बढ्ने बताइएको छ ।

बैठकको अध्यक्षता नगर अध्यक्ष रतन बहादुर शाहिले गर्नु भएको थियो । बैठकमा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य अन्जना (अर्पणा) चौधरी, प्रदेश सहसचिव अकल बम, प्रदेश सदस्य नवीन शर्मा, जिल्ला समन्वय समिति सचिब डिल्ली बराल (अमिर) लगायत जिल्ला सदस्य, नगर पदाधिकारी, सदस्यको उपस्थिति थियो ।

Next Post

जनता झुक्याउनेलाई राम्रोसँग चिन्न नेता अकल बमको आग्रह

२०७९ कार्तिक ४, शुक्रबार १२:०९
नेपालगन्ज ।  नेकपा (माओवादी केन्द्र) का नेता तथा बाँके क्षेत्र नं २ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार अकल बहादुर बमले आफूलाई जिताउन आगामी गर्नु भएको छ । नेता बमले अवको नेतृत्व युवा सक्षम व्यक्तिलाई चुन्न जनता समक्ष अपिल गर्नु भयो । जनताको काम गर्न नसके अर्कोपटक चुनावी मैदानमा घरीघरी नआउने […]