आईपीएलमा चेन्नईको विजयी सुरुवात, मुम्बई ५ विकेटले पराजित

  ।   २०७७ आश्विन ४, आईतवार ०८:१७

काठमाण्डौ । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ ।

गएराति युएईको आबुधाबीमा भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले विजयी सुरुवात गरेको हो । शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको जितमा अम्बाती रायाडुले ७१ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै फाप डु प्लेसिसले अविजित रहँदै ५५ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । जितसँगै चेन्नईले मुम्बईसँग १२ औं संस्करणको फाइनलमा व्यहोरेको हारको बदला लिएको छ ।

गएको वर्षको फाइनलमा मुम्बईले चेन्नईलाई १ रनले हराएको थियो । यस्तै कप्तान धोनीले आफ्नो कप्तानीमा चेन्नईका लागि एक सय औं जित पूरा गरेका छन् । उज्यालो अनलाइन

Next Post

झारफुकको भर पर्दा ११ जना सर्पदंशका बिरामीको मृत्यु

२०७७ आश्विन ४, आईतवार ०८:१७
कपिलवस्तु । दाङको घोराही उपमहानगरपालिका–१२ रतनपुरकी चित्रकला पुन मगरलाई भदौ ३० गते दिउँसो १ बजे सर्पले डस्यो। उनी कपिलवस्तुको शिवराज–९ बिजगौरीस्थित माइती घरमा रहँदा नै सर्पले डसेको हो। बिजगौरीबाट ४५ मिनेटको दूरीमा रहेको गोरुसिंगेमा सर्पदंश उपचार केन्द्र छ। तर, उनी उपचारको साटो झारफुक गराउन तर्फ लागिन् । गाउँ कै अटो […]