एमाले केन्द्रीय कमिटी आज पनि बस्दै

  ।   २०७८ श्रावण ७, बिहीबार ०६:४५

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । साउन ४ गतेदेखि जारी बैठक दिउँसो ३ बजे पुष्पलाल स्मृति भवन च्यासलमै बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

आजको बैठकमा एमालेको नेपाल(खनाल समूहका नेतालाई सोधिएको स्पष्टीकरणको बारेमा निर्णय गर्न सक्ने बताइएको छ । तर, नेपाल खनाल समूहले भने संस्थापन पक्षले आफ्ना नेताहरुलाई कारबाहीको प्रक्रिया अघि बढाएर एकतामा भाँजो हालेको बताउँदै आएको छ ।

एमालेका २२ जना सांसदले गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । सोही विषयमा एमालेले स्पष्टीकरण सोधेको थियो ।

यसअघि बुधबारको बैठकले चारवटा विशेष प्रस्ताव पारित गरेको थियो । बैठकले सर्वोच्च अदालतको फैसलाले पार्टी स्वतन्त्रता र दलीय प्रणालीमाथि प्रहार भएको निष्कर्ष निकाल्दै कानुनको अपव्याख्याबाट सरकार बनाइएको ठहर गरेको थियो ।

सर्वोच्चको फैसला संविधान र जनताको चाहना विपरीत भएको निष्कर्ष निकाल्दै बैठकले त्यसबारे जनतामाझ जाने प्रस्ताव पनि पारित गरेको थियो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले घेराबन्दीबीच पनि ऐतिहासिक काम गरेको ठहर गरेको निष्कर्ष निकालेको बैठकले पछिल्लो राजनीतिक अवस्थाबाट निराश नहुन सम्पूर्ण कार्यकर्ता तथा शुभचिन्तकलाई आग्रह गरेको छ । बैठकले आफूहरू फेरि पुरानै ठाउँमा आउने पनि निष्कर्ष निकालेको थियो ।

Next Post

चीनबाट खोप लिएर निगमको जहाज आइपुग्दै

२०७८ श्रावण ७, बिहीबार ०६:४५
काठमाडौं । चीनसँग खरिद गरिएको ‘भेरोसेल’खोप लिएर नेपाल वायु सेवा निगमको जहाज आज आइपुग्दै छ । गएराति गएको जहाज आज आइपुग्ने निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले बताउनुभयो । भेरोसेल लिएर आएको जहाज फेरि खोप लिन आजै बेइजिङ उड्ने छ । निगमले खोप ल्याउनका लागि बुधबार, विहिबार र शनिबारका लागि नयाँ तालिका […]