चीनबाट खोप लिएर निगमको जहाज आइपुग्दै

  ।   २०७८ श्रावण ७, बिहीबार ०६:४९

काठमाडौं । चीनसँग खरिद गरिएको ‘भेरोसेल’खोप लिएर नेपाल वायु सेवा निगमको जहाज आज आइपुग्दै छ ।

गएराति गएको जहाज आज आइपुग्ने निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले बताउनुभयो । भेरोसेल लिएर आएको जहाज फेरि खोप लिन आजै बेइजिङ उड्ने छ । निगमले खोप ल्याउनका लागि बुधबार, विहिबार र शनिबारका लागि नयाँ तालिका तय गरेको छ ।

यस अघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो, आज पनि सोही संख्यामा खोप ल्याउने जनाइएको छ ।

सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ। नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले १७ हजार ६०० बक्स खोप एक पटकमा ढुवानी गर्ने छ जसमा प्रतिवक्स ४६ डोज खोप हुनेछन्।

सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत खोप ल्याएको हो ।

Next Post

प्रकाश सपुत र सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त

२०७८ श्रावण ७, बिहीबार ०६:४९
काठमाण्डौ । सरकारले लोक गायक प्रकाश सपुत र लोक गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरेको छ । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी लोक गायक सपुत र गायिका दुलाललाई गीत सङ्गीतको माध्यमबाट समुदायमा विपद्सम्बन्धी जनचेतना अभिवृद्धि […]

सम्बन्धित समाचार