पहिलाे एक दिवसीय क्रिकेटमा श्रीलङ्कालाई हराउँदै इंग्ल्याण्ड विजयी

  ।   २०७८ असार १६, बुधबार ०७:३४
unn.prixa.net

काठमाण्डाै | घरेलु टिम इंग्ल्याण्डले पहिलो एक दिवसीय क्रिकेटमा श्रीलंकालाई हराएको छ । रिभरसाइट मैदानमा मंगलबार भएको खेलमा इंग्ल्याण्डले श्रीलंकालाई ५ विकेटले हराएको हो ।

श्रीलंकाले दिएको १ सय ८६ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३४ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्याण्डको जितमा जोय रुटले अविजित ७९ रन बनाए । श्रीलंकाका दुश्मन्था चामिराले ३ विकेट लिए । पहिले ब्याटिङ गरेको श्रीलंकाले ४२ ओभर ३ बलमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो ।

यसअघि भएको तीन खेलको ट्वान्टी ट्वान्टी श्रृङ्खलामा इंग्ल्याण्डले क्लिन स्विप गरेको थियो ।

Next Post

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

२०७८ असार १६, बुधबार ०७:३४
काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बिहान ११ बजे बस्दैछ। एमाले एकताका लागि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका दोस्रो तथा युवा पुस्ताका नेताहरुले पार्टी एकताका लागि प्रयास गर्दै आएका छन्। एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले आफूहरुले अझै […]