बि ग्रुपद्धारा बाँकेका पाँच पालिकामा पोषण परियोजना सञ्चालन

  ।   २०८१ पुष २, मंगलवार १८:३८

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा ६ देखि ५९ महिनाका ५९ जना बालबालिकामा कुपोषणको समस्या देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

केयर नेपाल र आइडी नेपालको सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुपले बाँकेमा सञ्चालन गरेको पोषण परियोजना अन्तर्गत नेपालगन्जमा आयोजना गरिएको एक कार्यक्रममा सो जानकारी गराईएको हो ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण लेखाजोखा तथा व्यवस्थापन सम्बन्धि पालिकास्तरीय जानकी गाउँपालिकाको एक दिने अभिमुखिरण कार्यक्रम नेपालगन्जमा मंगलवार सम्पन्न गरिएको छ । सो कार्यक्रममा बोल्दै जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले अशिक्षा, गरिबी र चेतनाको अभावले गर्दा पोषण सम्बन्धि समस्या रहेको जनाउँदै यस्ता परियोजनाबाट सो समस्या समाधान हुने बिश्वास व्यक्त गर्नुभयो ।उहाँले परियोजनालाई सफल पार्न पालिकाले हरेक प्रकारको सहयोग, समन्वय र सहकार्य गर्ने प्रतिवद्धता पनि सो अवसरमा गर्नुभयो ।

गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारीहरु, विभिन्न स्वास्थ्य चौकीका इन्चार्जहरु, वडा अध्यक्षहरु लगायत अन्य सरोकारवालाको सहभागितामा सो अभिमुखिकरण सम्पन्न भएको थियो । सो कार्यक्रममा जानकी गाउँपालिका स्वास्थ्य शाखाका फोकल पर्सन तामलाल बलबासेले गाउँपालिकाको पोषण सम्बन्धि लेखाजोखा प्रस्तुत गर्नु भयो भने परियोजनाका स्वास्थ्य अधिकृत सुजाता आचार्यले परियोजनाका मुख्य कार्यक्रमहरुबारे जानकारी गराउँदै त्यसलाई सफल पार्न स्वास्थ्य संस्थाहरु र गाउँपालिकाको भूमिकाका बारेमा बिस्तृत जानकारी गराउनुभयो ।

कार्यक्रमको शुरुमा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख दल बहादुर रानाले स्वागत गर्दै कार्यक्रमको उदेश्यबारे प्रकाश पार्नु भएको थियो । अभिमुखिकरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रामप्यारी यादव, वडा नम्बर १ देखि ६ सम्मका वडा अध्यक्षहरु क्रमशः मोहम्मद रजा राई, चन्द्रिका प्रसाद गुप्ता, राजकुमार वर्मा, टिकानाथ यादव र जगदिश प्रसाद तथा साईगाउँ स्वास्थ्य चौकी इन्चार्ज बिष्णुबहादुर बोहोरा, बेलभार स्वास्थ्य चौकी इन्चार्ज गोविन्द बहादुर गौतम, इन्द्रपुर स्वास्थ्य चौकी इन्चार्ज चन्द्रावति रोकाया, खजुराखुर्द स्वास्थ्य चौकी इन्चार्ज नन्द गिरी, बेलहरी स्वास्थ्य चौकी इन्चार्ज गंगालाल मरासिनी र गनापुर स्वास्थ्य चौकी इन्चार्ज गोविन्द बहादुर पोखरेल लगायतको सहभागिता रहेको थियो ।

बाँके जिल्लामा रहेका ६ देखि ५९ महिनाका बालबालिकालाई पोषण सम्बन्धि समस्याबाट जोगाउनका लागि बिग्रुपले जिल्लाका जानकी, खजुरा, बैजनाथ, राप्ती सोनारी र डुडुवा गरेर पाँच वटा पालिकामा पोषण परियोजना सञ्चालन गरेको संस्थाले जनाएको छ ।

Next Post

शसक्त बालिका परियोजनामार्फत किशोरीहरुको नेतृत्व क्षमतामा बृद्धि

२०८१ पुष २, मंगलवार १८:३८
नेपालगन्ज,। बर्दियाको गुलरिया नगरपालिकामा रहेको प्रगति किशोरी क्लबकी सदस्य नाजिया खानले एक दिनका लागि उपमेयर सावित्रा गौतमको पदभार ग्रहण गरेपछि आफुमा समाजका लागि केही गर्ने आत्मविश्वास बृद्धि भएको बताउनुभयो । उहाँले यो कार्यक्रमले किशोरीहरुको क्षमता विकासमा पनि ठुलो योगदान गरेको बताउनुभयो । प्लान नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले संचालन गरेको […]