बालअधिकार समितिका पदाधिकारीका लागि गेरुवामा क्षमता विकास तालिम शुरु

  ।   २०७८ भाद्र २, बुधबार २२:२५

समाचारदाता

नेपालगञ्ज । बर्दियाको गेरुवा गाउँपालिकामा रहेको बालअधिकार समितिका पदाधिकारीहरुका लागि बाल अधिकार र बाल संरक्षण सम्बन्धि तीन दिने क्षमता विकास तालिम शुरु भएको छ ।बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनलको सहयोगमा सञ्चालन गरिएको बाल संरक्षण परियोजना अन्तर्गत तीन दिने सो भर्चुअल तालिम बुधवारबाट शुरु भएको हो । बालअधिकार समितिका पदाधिकारीहरुविच बाल अधिकार र बाल संरक्षणका बारेमा साझा अवधारणा विकास गर्ने तथा सोही बारेमा स्थानीय बालअधिकार समितिका पदाधिकारीहरुको क्षमता विकास गर्ने उदेश्यले तालिम शुरु गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

 

बाल अधिकार र बाल संरक्षणका लागि सञ्चालन गरिएको उक्त परियोजना अन्तर्गत गेरुवामा बाल संरक्षण गर्न विभिन्न कार्यक्रम र गतिविधिहरु भैरहेको क्लबले जनाएको छ । गेरुवा गाउँपालिकाका उपाध्यक्ष तथा बालअधिकार समितिका संयोजक हेमा कुमारी थारुको अध्यक्षतामा शुरु भएको उक्त तालिममा बालअधिकार समितिका पदाधिकारी र सदस्य, न्यायिक समितिका सदस्य, वडा अध्यक्ष तथा महिला बालबालिका शाखा लगायत २५ जना भन्दा बढीको सहभागिता रहेको छ ।

 

तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा बालबालिकामाथि हुने दुJo{हार र त्यसका प्रकारहरु, बाल अधिकार र बाल संरक्षणको परिचय र सो सम्बन्धि नितिगत कानुनी व्यवस्था, बालबालिकामाथि हुने हिंसाको सम्बोधन, बालबालिकाका सवाल सम्बोधन गर्ने बालअधिकार समितिको भूमिका र जिम्मेवारी तथा बालसंरक्षणका लागि पालिकाले बनाउने कार्ययोजना लगायतका विषयमा प्रशिक्षण दिइने प्रशिक्षक सन्दीप सुनारले बताउनुभयो । तालिममा प्लान नेपालका दुर्गा क्षेत्री, बाँके युनेस्को क्लबका ईश्वर विक र संजिता रिजालको पनि सहभागिता रहेको छ ।

Next Post

फुटेर जाने दललाई फाइदा हुने गरि अध्यादेश (अध्यादेशसहित)

२०७८ भाद्र २, बुधबार २२:२५
काठमाण्डौ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै राजपत्रमा समेत प्रकाशित भएको छ । अध्यादेशमा फुटेर नयाँ गठन हुने राजनीतिक दललाई फाइदा हुने गरि व्यवस्था गरिएको छ । अध्यादेशमा कुनै दल फुटेर नयाँ गठन हुने राजनीतिक दललाई राष्ट्रिय दलको हैसियत दिन खोजिएको छ । राजनीतिक दलसम्बन्धी […]