अफगानिस्तानमा सरकारी सेना र तालिवान विद्रोहीबीच भीषण संघर्ष जारी

  ।   २०७८ श्रावण १९, मंगलवार ०८:२१

एजेन्सी । अफगानिस्तानमा सरकारी सेना र तालिवान विद्रोहीबीच भीषण संघर्ष भईरहेको छ ।

विद्रोहीहरुले हेलमण्ड प्रान्तको राजधानी लस्करगाहमा कब्जा जमाएपछि संघर्ष चर्किएको हो । सरकारी सेनालाई अमेरिकी सेनाले हवाई आक्रमणमा सघाईरहेको छ ।

लस्करगाहमा तालिवान विद्रोहीहरुले टेलिभिजन स्टेशन समेत कब्जा गरिसकेका छन् भने सर्वसाधारणहरु शहर छाडेर अन्यत्र गईरहेका छन् । हेलमण्ड प्रान्तमा सवैतिर लडाई जारी रहेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुलाई उद्धृत गर्दै वीवीसीले जनाएको छ ।

अमेरिकी र व्रिटिस सेनाको केन्द्र बनेको हेलमण्डमा तालिवानले कब्जा जमाउनु अफगान सरकारका लागि ठूलै धक्का हुने छ ।

लस्करगाह विद्रोहीले कब्जामा लिएको पहिलो प्रान्तीय राजधानी हो । विद्रोहीहरुले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दाहार कब्जा गर्ने कोशिस पनि जारी राखेका छन् । यस्तै अर्को शहर हेरातमा पनि लडाई जारी छ ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने क्रम शुरु भएपछि तालिवान विद्रोहीले आक्रमण तीव्र बनाउँदै आएका छन् ।

Next Post

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, हल्लाको पछि नलाग्न बोर्डको आग्रह

२०७८ श्रावण १९, मंगलवार ०८:२१
काठमाण्डौ । कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा अन्योलमा परेको तथा अकस्मात स्थगित भएको भनेर आएका खबरको हल्ला मात्रै भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । हिजो कोरोना सङ्क्रमणको दर बढ्दै गएकाले […]