नेपालगन्ज-६ मा पाँच दिने पत्रकारिता तालिम सम्पन्न

  ।   २०७८ फाल्गुन २४, मंगलवार १७:२१

नेपालगन्ज ।

पाँच दिने पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको छ । १५ जना सहभागी भएको सो तालिम नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को आर्थिक सहयोगमा मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) ले आयोजना गरेको हो ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले तथ्यमा केन्द्रित भएर समाचार लेख्न आग्रह गर्नु भयो ।

१ सय १२ औं नारी दिवसको शुभकामना दिन नछुटाउनु भएका मेयर राणाले पत्रकारिता गर्दा त्यसको गहिराईमा जानुपर्ने समेत बताउनु भयो । यस्तै वडा नं. ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले समापनको मन्तव्य दिदै १० दिने पत्रकारिता तालिम आफ्नो ब्यक्तिगत लगानीबाट गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपालगञ्ज-६ का वडा सदस्य दिपक श्रेष्ठ, सुरेश कुमार सोनी, खजुरा क्यान्सर अस्पतालका सदस्य सुर्यलाल यादव,  तालिमका प्रशिक्षक एंव बरिष्ठ पत्रकार निरज गौतमले आ-आफ्ना मन्तव्य राख्नु भएको थियो ।

सो कार्यक्रममा १५ जना सहभागीहरु मध्य अब्दुल अजिज र सरस्वती श्रेष्ठले तालिमले धेरै कुरा सिकाएको अनुभव सुनाएका थिए । सो समापन कार्यक्रममा आर्थिक सहयोग गर्ने वडा ६, ल्यापटप रिपेयर हाउस, हडिया बाबा मन्दिर र रमेश भण्डारी लगायतलाई सम्मान गरिएको थियो ।

आयोजक संस्था हुरिपपका अध्यक्ष आलम खानले हुरीपपको कार्यकारी निर्देशकमा नियुक्त हुनु भएका भद्र बहादुर ओलीलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो । समापन गर्दै अध्यक्ष खानले यस्तै पत्रकारिता तालिमको आयोजना गर्न आफू तयार भएको र तालिमको लागि आर्थिक सहयोग गर्न अध्यक्ष खानले आग्रह गर्नु भयो ।

 

Next Post

सुनको मूल्यमा रेकर्ड, तोलाको १ लाख ५ हजार पुग्यो

२०७८ फाल्गुन २४, मंगलवार १७:२१
संवाददाता । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन तोलामा २५ सयले बढेर एक लाख पाँच हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि, २०७७ साउन २५ गते छापावाल सुनको मूल्य तोलाको एक लाख तीन हजार ५०० रुपैयाँ पुगेको थियो । […]