भारतमा ‘निवार’ नामक तुफानका कारण पाँच जनाको ज्यान गयो : तामिलनाडुमा ठूलो पानी पर्ने सम्भावना

  ।   २०७७ मंसिर १२, शुक्रबार ०७:०४

एजेन्सी । भारतमा निवार नामक तुफानका कारण पाँच जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । सयभन्दा बढी घरमा क्षति पुगेको छ ।

अहिले तुफान कमजोर भएको तर तुफानको प्रभाव कायमै रहेको त्यहाँको गृहमन्त्रालयलाई उदृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले तुफानबाट बढी प्रभावित तामिलनाडु र पुड्चेरीका मुख्यमन्त्रीसँग टेलिफोन कुराकानी गर्दै प्रभावित नागरिकलाई सकेसम्म सहयोग गर्ने बताउनुभएको छ ।

तुफान कमजोर भएसँगै रोकिएका बस सेवा फेरि सञ्चालनमा आएका छन् । भारतको मौसम विज्ञान विभागले अबको दुईरतीन दिनमा तामिलनाडुमा फेरि ठूलो वर्षाको सम्भावना भएको जनाएको छ । बंगालको खाडीमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण तामिलनाडुमा फेरि ठूलो पानी पर्ने सम्भावना रहेको हो ।

हिजो दक्षिण भारतमा आएको निवार नामक तुफानका कारण तीव्र गतिमा हावा चल्नुका साथै ठूलो पानी परेको थियो । त्यसपछि जनजीवन प्रभावित भएको छ ।

Next Post

इङ्ग्लिस प्रिमियर लिग : दश वटा क्लबको रङ्गशालामा दुई हजार दर्शकले बसेरै खेल हेर्न पाउने

२०७७ मंसिर १२, शुक्रबार ०७:०४
एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगका विभिन्न १० क्लबको रंगशालामा सीमित दर्शकलाई प्रवेश दिइने भएको छ । इङ्ग्ल्यान्ड सरकारले लिभरपुल,आर्सनल, चेल्सीलगायत १० क्लबको मैदानमा दर्शकलाई प्रवेश अनुमति दिएको हो । इङ्ग्ल्यान्ड सरकारले डिसेम्बर २ अर्थात् आउँदो बुधबारपछि सीमित दर्शकलाई रंगशाला प्रवेशको अनुमति दिने निर्णय गरेको हो । लिभरपुल, आर्सनल, चेल्सी, टोटेनह्याम, […]

सम्बन्धित शीर्षक