स्थानीय शैक्षिक सामाग्रीको निर्माण गरेर पठनपाठन गराउने शिक्षकको प्रतिवद्धता

  ।   २०८२ जेष्ठ १८, आईतवार ०९:४१

नेपालगन्ज । बर्दिया जिल्लाको राजापुर र मधुवन नगरपालिकाका प्रारम्भिक बालविकास (ईसीडी) र कक्षा १ का शिक्षकहरूकालागि सञ्चालन गरिएको चारदिने तालिम सम्पन्न भएको छ ।

बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा सञ्चालित ‘सुरक्षा परियोजना’ अन्तर्गत मधुवन नगरपालिकाको आयोजना र राजापुर नगरपालिकाको सहकार्यमा मधुवन नगरपालिकाको डल्लामा ‘स्थानीय शैक्षिक सामाग्री निर्माण तथा कक्षा कोठा व्यवस्थापन’ तालिम सञ्चालन गरिएको थियो ।तालिमको समापन गर्दै मधुबन नगर पालिकाका नगर उपप्रमुख अनिता चौधरीले स्थानीय सरकार र संघ सस्थाहरुको सहकार्यमा गरिएका यस्ता कार्यक्रमले शिक्षाको विकासमा बिशेष योगदान पुराउने बताउनुभयो ।

उहाँले यस्ता तालिमले शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउन पनि ठुलो सहयोग गर्ने बताउनुभयो । बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले युनेस्कोले संचालन गरेका क्रियाकलाप र यसको महत्व तथा उदेशय बारे प्रस्ट पार्दै स्थानीय शैक्षिक सामाग्रीले पठनपाठनमा सहजता हुने बताउनुभयो ।मधुवनका शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनालले स्थानीय शैक्षिक सामग्रीको प्रयोगले बालबालिकाको सिकाईलाइ कक्षा कोठासंग जोडन टेवा पुग्ने भएकोले यस्ता तालिमले शिक्षकको क्षमता बिकासमा सहयोग पुग्ने बताउनु भयो ।

तालिमका सहभागी शिक्षिका प्रभा भुषालले तालिम निकै फलदायी भएको र यसबाट आफुहरुको क्षमता बिकास भएको र सिकेका कुरा कक्षा कोठामा लागु गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।सो चारिदने तालिमको समापन सत्रको अध्यक्षता गरिरहनु भएका बाँके युनेस्को क्लबका अध्यक्ष रबि कुमार तुलाधरले तालिममा सिकेको शिपलाइ कक्षा कोठामा लागु गर्न र बालबालिकाको सिकाईमा सुधार ल्याउन आग्रह गर्नुभयो ।

समापन कार्यक्रमको संचालन परियोजना संयोजक ईश्वर बिकले गर्नु भएको थियो भने सो अवसरमा क्लबका बरिष्ठ उपाध्यक्ष्य पंचम गुरुङ तथा फिल्ड सुपरभाइजर सावित्रा भाटको पनि उपस्थिति रहेको थियो । तालिमको सहजीकरण प्रशिक्षक झल कुमारी कार्कीले गर्नु भएको थियो । तालिम अन्तरक्रियात्मक सत्र, समूहगत कार्य र व्यवहारिक अभ्यासहरू सहित सञ्चालन गरिएको थियो ।

कम लागत वा शून्य लागतमा शिक्षण सिकाइ सामग्री निर्माण गर्ने तरिका र समावेशी कक्षा व्यवस्थापन प्रविधिको विकासमार्फत शिक्षण अभ्यासमा सुधार ल्याउन शिक्षकहरुको क्षमता विकास गर्ने उद्देश्यले उक्त तालिमको सञ्चालन गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । तालिममा राजापुर नगरपालिकाका १० र मधुवन नगरपालिकाका २९ जना गरेर ३९ जना शिक्षकहरुको सहभागिता रहेको थियो । तालिममा सहभागी शिक्षकहरूले कक्षा कोठामा प्रत्यक्ष रूपमा प्रयोग गर्न सकिने नयाँ सीपहरू सिक्न पाउँदा उत्साह उत्पन्न भएको धारणा व्यक्त गर्नुभएको छ । तालिमले शिक्षक र विद्यार्थी दुवैलाई शिक्षालाई पहुँचयोग्य, आकर्षक र समावेशी बनाउन सहयोग पु¥याउने उहाँहरुको भनाई छ ।

Next Post

गुडन्युजकर्मी सबिदा चन्द ठकुरी भारतमा सम्मानित

२०८२ जेष्ठ १८, आईतवार ०९:४१
बाँके । नेपाली महिला पत्रकार सबिदा चन्द ठकुरी भारतमा सम्मानित हुनुभएको छ । उत्तर प्रदेशको बहराइचमा आयोजना गरिएको पत्रकार सम्मेलन तथा सम्मान कार्यक्रममा उहाँलाई नेपाली पत्रकारितामार्फत सञ्चार क्षेत्रमा पुर्‍याएको योगदानका लागि सम्मान गरिएको हो ।  उक्त कार्यक्रम ‘हिन्दी पत्रकारिता दिवस’ को अवसरमा उत्तर प्रदेश मान्यता प्राप्त पत्रकार एशोसिएसनद्वारा आयोजना गरिएको […]