आईपीएलको तालिका सार्वजनिक, १९ सेप्टेम्बरमा चेन्नई र मुम्बई इण्डियन्सबीच पहिलो खेल

  ।   २०७७ भाद्र २२, सोमबार ०६:३१

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ शृङ्खलाको तालिका सार्वजनिक गरेको छ ।

आईपीएलको पहिलो खेलमा मुम्बई इण्डियन्स र चेन्नई सुपर किङ्ग्सले १९ सेप्टेम्बरमा आबुधाबीमा खेल्नेछन् ।

यस पटकको आईपीएल कोरोना महामारीको कारण भारतबाट हजारौँ किलोमिटर टाढा संयुक्त अरब इमिरेट्स् ९यूएई० मा हुँदैछ । यसअघि सन् २०१४ मा पनि आईपीएलको पहिलो चरणको खेल यूएईमा भएको थियो ।

लिगको सबै खेल ३ नोभेम्बरसम्म हुनेछ ।

यसअघि आईपीएल अप्रिल र मे महिनामा हुनुपर्ने थियो तर कोरोनाका कारण पछि सार्नुपरेको थियो । आईपीएल १३ यसअघि २९ मार्चदेखि सुरु हुने तय भएको थियो ।

लिगको सबै खेल शारजाह, आबुधाबी र दुबईमा हुनेछ । उज्यालो अनलाइन

Next Post

कर्णाली प्रदेशमा कृषि ऋणमा ब्याज अनुदान सहुलियत कार्यक्रम कार्यान्वयन, किसानलाई ७ प्रतिशत ब्याज अनुदान

२०७७ भाद्र २२, सोमबार ०६:३१
सुर्खेत । कर्णाली प्रदेश सरकारले व्यवसायिक रुपमा कृषि गर्न चाहाने किसानका लागि कृषि ऋणमा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । सरकारले कृषि तथा पशुपालन व्यवसायको प्रवर्द्धन गरी किसानकोे रोजगारी वृद्धि र जीवनस्तर उकास्ने उद्देश्यले ब्याज अनुदान कार्यक्रम ल्याएको जनाएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आजदेखि कृषि ऋणमा […]