कर्णाली प्रदेशमा कृषि ऋणमा ब्याज अनुदान सहुलियत कार्यक्रम कार्यान्वयन, किसानलाई ७ प्रतिशत ब्याज अनुदान

  ।   २०७७ भाद्र २२, सोमबार ०६:३३

सुर्खेत । कर्णाली प्रदेश सरकारले व्यवसायिक रुपमा कृषि गर्न चाहाने किसानका लागि कृषि ऋणमा ब्याज अनुदान कार्यक्रम ल्याएको छ ।

सरकारले कृषि तथा पशुपालन व्यवसायको प्रवर्द्धन गरी किसानकोे रोजगारी वृद्धि र जीवनस्तर उकास्ने उद्देश्यले ब्याज अनुदान कार्यक्रम ल्याएको जनाएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आजदेखि कृषि ऋणमा ब्याज अनुदान सहुलियत कार्यक्रम कार्यान्वयनमा ल्याएको जनाएको छ ।

किसानहरुले पाँच वर्षसम्मका लागि एक करोडसम्मको ऋणमा सात प्रतिशत ब्याज अनुदान पाउनेछन । विभिन्न बैँक तथा वित्तीय संस्थामार्फत व्यवसाय गर्न चाहाने किसानहरुलाई ऋणमा ब्याज अनुुदान उपलब्ध गराइने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिनुभयो । उहाँले कृषि तथा पशुपालनको क्षेत्रमा २० प्रकारका व्यवस्था गरिएको जानकारी दिनुभयो ।

मन्त्रालयले ब्याज अनुदान कार्यक्रमका लागि चालू आर्थिक वर्षमा सात करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । उज्यालो अनलाइन

Next Post

‘मलाई केही हुँदैन भन्ने भ्रम त्यागौँ, सङ्क्रमण भइ निको भएकाको कुरा सुनौँ’

२०७७ भाद्र २२, सोमबार ०६:३३
काठमाण्डौ । सरकारले कोरोना भाइरसलाई सामान्य तरिकाले लिएर हेलचेक्रयाइँ नगर्न आग्रह गरेको छ । ुमलाई केही हुन्न, म तन्दुरुस्त छुु भन्ने भ्रमका कारण कोरोना भाइरसको सङ्क्रमण झन् फैलिँदै गएकाले यस्ता भ्रम त्याग्न र स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमको आग्रह छ । उहाँले घरबाहिर निस्कँदा […]